Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

स्थायी शान्ति र लोकतन्त्रका लागि सत्तागठबन्धनलाई बहुमत दिलाउन प्रधानमन्त्री देउवाद्वारा आह्वान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १, २०७९
In समाचार
0

१ कात्तिक,काठमाडौं :प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गर्नुभएको छ । ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले आगामी आमनिर्वाचनमा रुख भएको ठाउँमा रुखमा, हसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा र कलम भएको ठाउँमा कलम चिन्हमा मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

गठबन्धन दलका उम्मेदवारलाई कांग्रेसका सबै नेता कार्यकर्ता तथा आफूले पनि स्थानीय तहको निर्वाचनमा भोट हालेको प्रसङ्ग उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा पनि गठबन्धन दलका उम्मेदवारलाई सबैले सबैलाई भोट हाल्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “संसद बचाउन यो गठबन्धन बनेको हो, यो राम्रो सँग चलेको छ । सबैबाट सहयोग प्राप्त भएको छ । आपसी विश्वास कायम छ ।

यसका लागि सबैलाई धन्यवाद ।” तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद भङ्ग गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै उहाँले जनताले चुनेको संसद मन लाग्यो भन्दैमा लहडमा भङ्ग गर्न नपाईने बताउनुभयो । यस्तै नहोस् भनेर नै संविधान बनाउँदा सो बारेमा संविधानमा आवश्यक व्यवस्था उल्लेख गरेको उहाँले जानकारी गराउनुभयो । लोकतान्त्रिक प्रणालीमा निर्वाचन गर्ने निर्धारित र आवधिक समय हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोही समयानुसार नै अहिले निर्वाचन हुन लागेको स्पष्ट पार्नुभयो । “हामीले अपनाएको राजनीतिक प्रणाली अनुसार नै अहिले आवधिक निर्वाचन पाँच वर्षमा हुन लागेको हो”, उहाँले भन्नुभयो ।

मुलुकमा एकातिर कोभिड–१९ महामारीको असर र डेङ्गु रोगको सङ्क्रमण तथा अर्काेतिर आर्थिक अवस्थामा देखिएको समस्याका बाबजुद सबैको सहयोगले समाधान उन्मुख भएको उल्लेख गर्दै उहाँले सबै मन्त्रीले राम्रो काम गर्नुभएको बताउनुभयो । त्यसैले नेपाल असफल राज्य हुन बाट बचेको उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले नेपालको अपार संभावना भएको जलस्रोतको दिगो उपयोग गरेर निर्यात गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले उत्पादित विजुली भारतले किन्ने सहमति भएकाले बजारको समस्या नरहेको र यसैबाट मुलुकले समृद्धि हासिल गर्ने अपेक्षा गर्नुभयो ।

उहाँले नेपालको संविधान अनुपम रहेको उल्लेख गर्दै सबै मिलेर देश बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । “अहिले मुलुकको आर्थिक अवस्थामा सुधार आएको छ । कोभिड–१९ पनि नियन्त्रण भएको छ । स्थायी शान्तिमा मुलुक गएको छ । जीवन्त प्रजातन्त्र स्थापना भएको छ । कांग्रेसले खोजेकैै यही प्रजातन्त्र हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

उहाँले सबै वर्ग, क्षेत्र र समुदायको देश भएकाले नै त्यसका लागि समावेशी लोकतन्त्र अपनाएको बताउदै सो कुरा संविधानले व्यवस्था गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवा ले भन्नुभयो, “यो प्रजातन्त्रको सुन्दर पक्ष हो । विश्वमा यस्तो विरलै हुन्छ । यो ठूलो उपलब्धि हो र यसको रक्षा गर्नु सबैको दायित्व हो । हरेकलाई आरक्षण दिइएको छ । सुन्दर देशसँगै सुन्दर पजातन्त्र स्थापना गरेका छौ, सबैको प्रतिनिधित्व सुनिश्चित भएको छ । (रासस)

  • 13shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend