३ कात्तिक, गण्डकी : प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुग्नुभएको छ । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उहाँ पोखरा आउनुभएको हो । यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अवलोकन गर्नुभएको छ ।

पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गर्नुभएको थियो ।(रासस)
आफ्नो प्रतिकृया दिनुहोस्