Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

ब्याजदर नघटाए आन्दोलनमा उत्रिन्छौँ : होटल व्यवसायी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ४, २०७९
In व्यापार
0

४ कात्तिक,लेखनाथ :बैंक तथा वित्तीय संस्थाले केही महिनायता वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने चेतावनी पोखराका होटल व्यवसायीले दिएका छन् । वित्तीय संस्थाले वृद्धि गरेको चर्को ब्याजदर घटाउने काम गरिएन भने व्यवसायीले राष्ट्र बैंक र अर्थमन्त्रालयमा धर्ना दिनाका साथै तालाबन्दी गर्ने चेतावनी व्यवसायीले दिएका छन् । होटल संघ पोखरा नेपालले शुक्रबार यहाँ पत्रकार भेटघाट कार्यक्रम गरी यस्तो चेतावनी दिएको हो ।

वित्तीय संस्थाद्वारा एकतर्फी रूपमा वृद्धि गरिएको ब्याजदर एक अङ्कमा झार्न नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय लाई व्यवसायीले आग्रह गरेका छन् । सो अवसरमा होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ को सङ्क्रमण केही मत्थर हुँदै गर्दा पर्यटन व्यवसाय लयमा फर्कने प्रयासमा रहे पनि होटल क्षेत्रको २०–२५ प्रतिशत ‘अकुपेन्सी’ले सञ्चालन खर्च पनि धान्न सक्ने अवस्था नभएको बताउनुभयो । पर्यटक अपेक्षितरूपमा बढ्न नसकेको अवस्थामा होटलहरूले बैंकले प्रदान गरेको कर्जाको किस्ता तथा ब्याज तिर्न सक्ने अवस्थामा नरहेको कुरा सुनाउनुभयो ।

अध्यक्ष सुवेदीले आफूहरू दायित्वबाट पन्छन नखोजेको तर तिर्नुपर्ने दायित्वलाई अर्को वर्षका लागि सारिदिन राष्ट्र बैंक मार्फत अनुरोध गरेको स्पष्ट पार्नुभयो । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज सात प्रतिशतबाट १५ प्रतिशत हुँदै २० प्रतिशतसम्म पुगेको जानकारी व्यवसायीले दिएका छन् । बैंक तथा वित्तीय संस्थाले ४० प्रतिशतसम्म लाभांश बाँड्दा घाटामा रहेको होटल क्षेत्रलाई भने तर्साउने काम भएको दुःखेसो होटल संघ पोखरा नेपालका सल्लाहकार बच्चुराम तिवारीले पोख्नुभयो ।

“नाफामा गएको बैंकिङ क्षेत्रलाई राष्ट्र बैंक जोगाउन तिर लाग्यो तर घाटा खाएको होटल क्षेत्रलाई वास्ता गरेन”, तिवारीले भन्नुभयोे, “यो विषयमा हामी चुप लागेर बस्दैनौ यस्तै भए अब हामी राष्ट्र बैंक र अर्थ मन्त्रालय घेर्न बाध्य हुनेछौँ, राष्ट्र बैंकले गरेको कामका बारेमा हिसाब खोज्छौँ ।” होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले चर्को ब्याजदरको मारमा बढी होटल व्यवसायी नै परेको बताउनुभयो ।

“भ्रमण वर्षको नाउँमा सरकारले नै होटल व्यवसायीलाई लगानी गर्न उक्सायो, लगानी गर्यो तर कोरोना फैलियो व्यवसाय ठप्प भयो, बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न सक्ने अवस्था छैन, बैंक तथा वित्तीय संस्थाले झनै ब्याज बढाइदिए”, पराजुलीले भन्नुभयो । होटल संघ गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले बैंक तथा वित्तीय संस्थाले अस्वाभाविकरूपमा ब्याजदर बढाउनु सबै नेपालीको समस्या भएको स्मरण गराउँदै व्यवसायमा सुस्ती देखिँदा वित्तीय क्षेत्रबाट आतङ्क फैलाउने काम भएको बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाहरूले अनुत्पादक क्षेत्रमा लगानी गरेको आरोप समेत व्यवसायीको छ । व्यवसायी बैंकर हुँदा पनि समस्या उत्पन्न हुनाका साथै बैंकलाई आधुनिक सामन्तका रूपमा व्यवसायीको आरोप लगाएका छन् । सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचनले कोभिडको समयमा सरकारले नै दुई वर्ष पर्यटन क्षेत्र बन्द गराएको बताउँदै अहिले एकतर्फी ब्याज बढाएर वित्तीय आतङ्क सिर्जना गरिएको आरोप लगाउनुभयो । (रासस)

  • 26shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend