Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

संविधानको रक्षा गर्न गठबन्धन : प्रधानमन्त्री देउवा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ५, २०७९
In समाचार
0
पाँच दलीय गठबन्धनमा आवद्व दलहरूको   विराटनगरमा शनिबार आयोजित संयुक्त प्रशिक्षण भेलामा सम्बोधन गर्नुहुँदै  प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर :रोशन सापकोटा, रासस

पाँच दलीय गठबन्धनमा आवद्व दलहरूको विराटनगरमा शनिबार आयोजित संयुक्त प्रशिक्षण भेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर :रोशन सापकोटा, रासस

५ कात्तिक, विराटनगर : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पार्नुभयो ।

पाँच दलीय गठबन्धनमा आवद्व दलहरूको प्रदेश स्तरीय संयुक्त प्रशिक्षण भेलामा सहभागी हुन मोरङको विराटनगरमा आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार विराटनगर विमानस्थलमा स्वागत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की , नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालगायत । तस्बिर :रोशन सापकोटा, रासस

प्रधानमन्त्री देउवाले आशन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, “विकास र परिवर्तनका निम्ति यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ ।” रुख, कलम र गोलाकार भित्रको हँसिया हथौडा चिह्नमा भोट हाल्न कार्यकर्तामा अन्योलता आउन नहुने बताउँदै उहाँले गठबन्धनमा उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपिल गर्नुभयो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगरमा शनिबार आयोजित लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त्त भेलामा सहभागी हुँदै । साथमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसरका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत । तस्बिर : मनोज दाहाल, रासस

नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले निर्वाचन सामान्य प्रक्रिया भए पनि यो निर्वाचन खास उद्देश्यका लागि भएको बताउनुभयो । विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने भन्दै अध्यक्ष दाहालले बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको धारणा राख्नुभयो । शान्ति सम्झौताको निरन्तरताकै रुपमा गठबन्धन अगाडि बढेको बताउँदै अध्यक्ष दाहालले आशन्न निर्वाचनमा गठबन्धनमा उम्मेदवारलाई जिताउन कार्यकर्ता एवं नेतालाई निर्देशन दिनुभयो । गर्वका साथ एकले अर्कालाई खुशीसाथ मत खसाल्न आग्रह गर्दै उहाँले भन्नुभयो, “समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्छ ।”

पाँच दलीय गठबन्धनमा आवद्व दलहरूको विराटनगरमा शनिबार आयोजित संयुक्त प्रशिक्षण भेलामा सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : रोशन सापकोटा, रासस

नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गलत मानिसको हातबाट नेतृत्व खोस्न गठबन्धन बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनको एकता र ऐक्यबद्धता नै हाम्रो सङ्कल्प हो ।” राजनीति सही मार्गमा गए मात्र समाजका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “गठबन्धन नबनेको भए एकलौटी सरकार चलाउने आधारलाई भत्काउन सकिने अवस्था थिएन ।” स्वाभिमानका पाठ कार्यकर्ता र जनतालाई सिकाएर राम्रो उद्देश्य तथा सपनालाई साकार पार्न गबन्धनका उम्मेदवार जित्नुपर्ने बताउँदै अध्यक्ष नेपालले लोकतन्त्र र संविधानलाई धराप पर्न नदिन गठबन्धन निर्वाचित हुनुपर्ने बताउनुभयो ।

पाँच दलीय गठबन्धनमा आवद्व दलहरूको विराटनगरमा शनिबार आयोजित संयुक्त प्रशिक्षण भेलामा सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल। तस्बिर :रोशन सापकोटा, रासस

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन गठबन्धन निर्माण भएको बताउनुभयो । उहाँले नेपाली जनतालाई बलियो बनाउन र अर्थतन्त्रलाई सुदृढ तुल्याउन गठबन्धनका उम्मेदवार जित्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विराटनगरमा शनिबार आयोजित लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त्त भेलामा मन्तव्य व्यक्त्त गर्दै । तस्बिर : मनोज दाहाल, रासस

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले “संविधानको सही कार्यान्वयका निम्ति राजनीतिक दलबीच एकता र सहकार्य अपरिहार्य छ” भन्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधानलाई सही मार्गमा लैजान, असल शासन, लोकतन्त्र एवं समुन्नत समाज निर्माण गर्न गठबन्धन आवश्यक रहेको चर्चा गर्नुभयो ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला विराटनगरमा शनिबार आयोजित लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त्त भेलामा मन्तव्य व्यक्त्त गर्दै । तस्बिर :मनोज दाहाल, रासस

कांग्रेस प्रदेश नं १ समितिका सभापति उद्धव थापाको सभापतित्वमा भएको सो कार्यक्रममा एकीकृत समाजवादी पार्टी प्रदेश नं १ समितिका अध्यक्ष बलदेव चौधरीले पनि गठबन्धनको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२
समाचार

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२
समाचार

क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

फाल्गुन २३, २०८२
समाचार

मधेशमा बालेनको जनलहर, सर्लाही–रौतहट–वीरगन्जमा रोड शो

माघ २८, २०८२
समाचार

तनावपूर्ण सिरहा कारागार : गोली र नगद बरामद

माघ २७, २०८२
समाचार

सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

माघ १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend