Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

ब्याजदर वृद्धिविरुद्ध उद्योगी व्यवसायीको साङ्केतिक प्रदर्शन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १८, २०७९
In व्यापार
0

१८ कात्तिक,काठमाडौँ : बैंकहरुले ब्याजदर वृद्धि गरेको विरोधमा उद्योग व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् । ब्याजदरमा स्थायित्व हुनुपर्ने, सहजरुपमा ऋण नवीकरण गर्न पाउनुपर्ने, आधारदरका कारण बढेको प्रिमियम घटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले लिइरहेको सेवाशुल्क घटाउने तथा अतिरिक्त शुल्क लिन नपाउने लगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । ब्याजदर वृद्धि लगायत विभिन्न कारणले उद्योग व्यवसायको लागत बढेको भन्दै उद्योगी व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानाकर्षणका लागि माइतीघर मण्डलामा प्रदर्शन गरेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो ।

“बैंकको ब्याजदर वृद्धि उद्योगी व्यवसायीले खप्नै नसक्ने अवस्था भयो । सरकार र सम्बन्धित निकायको ध्यानाकर्षणका लागि विरोध कार्यक्रम गरेका हौँ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “समस्यामा परेका उद्योगी व्यवसायी स्वतःस्फूर्तरुपमा विरोध कार्यक्रममा आएका छन् । सम्बन्धित निकायको ध्यानाकर्षण हुन्छ भन्ने आशा छ ।” आजको साङ्केतिक विरोध कार्यक्रममा विभिन्न प्रदेश तथा जिल्ला संघ , वस्तुगत संघ सहभागी भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

विरोध कार्यक्रमको निरन्तरताका रुपमा आइतबार देखि विभिन्न जिल्लामा उद्योग व्यवसाय बन्द गर्ने तयारी रहेको उहाँको भनाइ छ । आजको प्रदर्शनमा उद्योगी व्यवसायीले ‘बैंक हामीलाई प्यारो छ, ब्याजदर वृद्धिले हामीलाई गाह्रो छ’ ‘ब्याजदर चर्को भो, गरिखान गाह्रो भो’, ‘उद्योग व्यापार नबचे अर्थतन्त्र बच्दैन’ जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए । वित्तीय क्षेत्रका समस्या समाधान गर्न भन्दै महासंघका प्रतिनिधिले अघिल्लो साता नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले असर पारिरहेकाले तरलता व्यवस्थापनमा समस्या, ब्याजदरमा स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन र मूल्य स्थिरताका लागि राष्ट्र बैंकले पहल गर्नुपर्ने उद्योगी व्यवसायीको माग छ । त्यस्तै चालू पूँजी निर्देशिकामा भएको संशोधन कार्यान्वयन गर्न नहुने, कर्जाको साँवाब्याज भुक्तानीका लागि थप समय पाउनुपर्ने, कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) संशोधनबारे विस्तृत अध्ययन गर्नुपर्ने, पुँजीगत खर्च बढाउन पहल गर्नुपर्ने, स्थानीय तहको निक्षेपलाई शतप्रतिशत गणना गर्न पाउनुपर्ने लगायतमा माग उद्योगी व्यवसायीले राख्दै आएका छन् । (रासस)

  • 31shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

धनु राशि : आजको राशिफल

भदौ २३, २०८३

बाढीमा मधेशका जनता, मधेशवादी नेतामाथि प्रश्न: संकटमा नेतृत्व कहाँ ?

भदौ २३, २०८३

बाढी प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, सुरक्षाकर्मी जोखिम मोलेर मैदानमा

भदौ २२, २०८३

बाढी–पहिरोको विपद्मा सुरक्षाकर्मीको ‘अद्भुत साहस’: प्रधानमन्त्री बालेन शाहद्वारा उच्च प्रशंसा

भदौ २१, २०८३

ऋण असुलीमा गैरकानूनी दबाब दिए कारबाही गर्न सीडीओलाई गृह मन्त्रालयको निर्देशन

भदौ २१, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहको भावुक सन्देश : ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ’

भदौ २०, २०८३

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३

विपत्तिको घडीमा मटिहानीको सहयोग: प्रधानमन्त्री उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय

भदौ १६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend