Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

खुवाको ‘हब’ बन्दै चुच्चेखोला ( आलेख )

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ८, २०८०
In आलेख
0

मनहरी, ८ असार : हेटौँडा–६ चुच्चेखोलाका कृष्ण प्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गर्नु भएको हो । उमेरले लगभग ८० वर्ष टेकिसक्नु भए पनि तिमल्सिनाको खुवा घोट्ने जोश जाँगर अझै पनि घटेको छैन । उहाँ अहिले पनि बिहान ५ बजेदेखि राति ९ बजेसम्म खुवा घोट्नमै व्यस्त हुनुहुन्छ । खुवा घोटेर परिवार पालन पोषणसँगै तिमल्सिनाले यही पेशाबाट कमाएको रकमले आफना तीन छोरा र एक छोरीलाई अध्यापनसँगै जग्गा जमिन जोड्न समेत सफल हुनु भएको छ ।

इच्छाशक्ति भयो भने एउटै कामबाट पनि सफल बन्न सकिन्छ भन्ने उदाहरणका रुपमा तिमल्सिनालाई लिन सकिन्छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं ६ र १७ को साँधमा तिमल्सिनाको श्रीकृष्ण खुवा बिक्री भण्डार भन्ने पसल छ । अहिले कृष्ण प्रसादको बिँडो माहिला छोरा बुहारीले थामेका छन् । “उमेरले नेटो काट्यो के गर्नु, पुरानो पेसा छाड्न सकिएन माया लाग्छ, त्यसैले अहिले पनि सकेसम्म आफैँ अग्रसर हुन्छु”, तिमल्सिना भन्नुहुन्छ । पसल छोरा बुहारीले सम्हालेपछि तिमल्सिनाले यही नाममा यसैको शाखा हेटौँडा बजारमा खोल्नु भएको पनि २३ वर्ष भइसकेको उहाँ बताउनु हुन्छ ।

चुच्चेखोलाको व्यवसाय शुरु गरेको अहिले ४५ वर्ष भयो । जीवनको पूवाद्र्धमा दुःखकष्ट र उकाली ओरालीहरूसँग सङ्घर्ष गर्दागर्दै अन्ततः तिमल्सिनाले खुवा व्यवसायको पहिचान बनाउनु भयो । चुच्चेखोला अहिले खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गको सप्तरीको बरमजीयामा पाइने बाजेको पेडा जस्तै चर्चित छ चुच्चेखोलाको खुवा । तपाई जो कोही जतिबेला पनि चुच्चेखोला पुग्नु भयो भने हरेक दिन बिहानदेखि बेलुकै सम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रष्ट देख्न सकिन्छ ।

सुरुमा खुवाको बारे त्यति चर्चा नभए पनि २०३८ सालतिरबाट यसले बजार पनि पाउन थालेको हो । दूधलाई कराईमा आगोले तताएर लगभग दुई घण्टा पन्युले चलाउँदै गएपछि खुवा बन्दछ । खुवा पछिल्लो समय कोसेलीका रुपमा पनि लिने गरिन्छ । यसको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पनि पुग्ने गरेको तिमल्सिना बताउनुहुन्छ । यसले देशको अर्थतन्त्रमा पनि ठूलै हिस्सा जोडेको छ । गोरेटो बाटो रहेकाले उतिबेला हिँडडुल गर्नेहरुको चहलपहल खासै नभएकाले व्यापारको सुरुआती दिन सम्झिँदा तिमल्सिना भन्नुहुन्छ, “त्यस समयमा खुवाको व्यापारबाट दैनिक एक किलो खुवा बेच्न पनि मुस्किल थियो ।”

आफ्नो परिश्रममा विश्वास राख्ने तिमल्सिनाले पेशा प्रतिको इमान्दारीतालाई पनि मर्न दिनु भएन भन्दै निरन्तर लागिरहे । मिहेनतमा भरोसा गर्नेले एक दिन अवश्य सुख पाउने छ भन्ने आशा राखेर उहाँले यही पेशालाई आफ्नो जीवनको उत्तराद्र्ध सम्म पनि निरन्तरता दिइरहनु भएको छ । पहिला प्रतिकेजी रु १५ सम्म खुवा बेचेको उहाँ सम्झनु हुन्छ । अहिले त खुवाको मूल्य प्रतिकेजी सात सय रुपैयाँ पुगेको छ । पहिला पहिला खुवाका लागि दैनिक १० लिटर दूध घोट्ने तिमल्सिना पछिल्लो एक दशकयता दैनिक दुई सय लिटरसम्म दूध घोट्ने गर्नुहुन्छ ।

खुवाको लागि भैंसीको दूध चाहिने भएकाले पछिल्लो समय भैँसीपालनमा भन्दा बढी गाईपालनमा कृषकहरु आकर्षित भएपछि खुवाको लागि भैँसीको दूध जुटाउन तिमल्सिनालाई निकै समस्या आइपरेको छ । छोराबुहारीले विभिन्न गाउँबाट मगाउँछन् अहिले पनि दैनिक चार सय लिटरसम्म दूध खरिद गरी खुवा घोट्ने काम भइरहेको उहाँ बताउनु हुन्छ । चार लिटर दूध बराबर एक किलो खुवा उत्पादन हुने हुँदा तिमल्सिनाको पसलमा दैनिक ७५ किलोसम्म खुवा उत्पादन हुने गर्दछ । उहाँले पसलबाटै प्रतिकेजी सात सय रुपैयाँमा खुवा बेच्नुहुन्छ ।

यही व्यवसायबाट दैनिक खर्च कटाएर मासिक लाखौँ रुपैयाँ आम्दानी गरिरहनु भएको उहाँको भनाइ छ । तिमल्सिनाको फरक पेशाले साँच्चै नै व्यावसायिक क्रान्ति छर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ तिमल्सिना । अहिले त हेटौँडाको चुच्चेखोलामा मात्र लगभग दर्जनभन्दा बढी खुवाका पसलहरू छन् । तिमल्सिना मात्र होइन, यही पेशाबाट उहाँका छिमेकी श्याम कुमार मानन्धरले पनि आफूलाई खुवा व्यवसायीका रुपमा परिचित बनाउनु भएको छ । विगत २४ वर्षदेखि चुच्चेखोलामा मानन्धरले खुवा बेच्दै आउनु भएको छ । उहाँ पनि एक सफल खुवा व्यवसायीका रुपमा परिचित हुनुहुन्छ ।

मानन्धरले सञ्चालन गरेको कृष्ण कन्हैया खुवा भण्डार पनि साढे दुई दशक पुग्न थाल्यो । उहाँको भण्डारमा ग्राहकहरुको बाक्लो भीड लाग्ने गरेको देख्न सकिन्छ । विसं २०५६ तिरबाट खुवा बनाउन सुरु गरेका मानन्धरले अहिले खुवा बेचेर फुर्सद पाउँदैनन् । दैनिक १५० लिटर दूध खपत गरेर २० किलोभन्दा बढी खुवा बनाउने गरेको मानन्धर बताउनु हुन्छ । यस स्थानमा लहरै रहेका झण्डै दर्जनभन्दा बढी खुवा पसल सञ्चालनमा छन् । स्थानीय कृषक तथा डेरीबाट दूध किनेर खुवा बनाउने गरेको बताउदै मानन्धरले खुवाको प्रचार हुँदै जाँदा अहिले पसलको खुवा हेटौंडामा मात्रै नभई पोखरा वीरगञ्ज, चितवन, जनकपुर काठमाडौंसम्म पुग्ने गरेको बताउनु हुन्छ ।

विसं २०५६ बाट खुवा बेच्दै आउनु भएका मानन्धरले पनि खुवाकै व्यापारबाट मात्र अहिले मासिक एक लाख आम्दानी गर्दै आउनु भएको बताउनु हुन्छ । खुवा सबैैैले देख्ने गरी बनाइन्छ, यसको मीठो बास्नाले गर्दा होला कान्तिलोकपथ भएर यात्रा गर्ने होस् या गर्मी छल्न आउने जो कोही पनि खुवाको मीठो स्वाद चाखेर जाने गर्दछन् । चुच्चेखोलाको खुवाको चर्चा धेरै सुन्ने गरेको तर आज कान्तिलोकपथ भएर यात्रा गर्ने क्रममा खुवा चाख्ने मौका मिल्यो मानन्धरको पसलमा खुवा खाँदै गरेका रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने औधेस चौधरीले बताउनु भयो ।

चौधरीले आफू तराईकोे बासिन्दा भए पनि खुवा चाख्ने मौका मिलेको र यहाँको खुवाका स्वाद निकै स्वादिष्ट भएको प्रतिक्रिया दिनुभयो । यस पेशाबाट आफूले घर व्यवहार चलाएको र जग्गा पनि किनेको बताउदै मानन्धरले आफू यस व्यवसायबाट सन्तुष्ट रहेको बताउनुभयो । उहाँकोे २४ वर्षदेखिको पेशाप्रतिको मेहनत र लगावले मानन्धर अहिले जिल्लाकै सफल खुवा व्यवसायीको रुपमा गनिनु हुन्छ । मानन्धरसँगै रहेको लक्ष्मी नारायण खुवा पसलका सञ्चालक ६६ वर्षीय सोमनाथ तिमल्सिना पनि खुवा व्यवसायबाटै चर्चामा हुनु हुन्छ । सोमनाथले यो काम थालेको ३५ वर्ष बढी भयो ।

यही पेशाबाट सोमनाथले पनि आफनो परिवार धान्दै आयआर्जन गरिरहनु भएको छ । उहाँको पनि दैनिक दाउरा, दूध खरिदको खर्च कटाएर मासिक लाख रुपैयाँ बच्ने गरेको बताउनु हुन्छ । सोमनाथकोे पसलमा उत्पादन हुने खुवा पोखरा सम्म पुग्छ । दैनिकरुपमा बस मार्फत पोखरामा खुवा पठाउने गरिन्छ । हेटौँडा बाहिरका मिठाइ व्यवसायी र होटलहरुले चुच्चेखोलाको खुवा लैलाने गर्दछन् । अहिले भैँसी पाल्ने कृषकहरु घटेका छन् । भैंसीको दूध पाउन मुस्किल छ । पछिल्लो समय उन्नत जातका गाई पाल्ने क्रम बढ्दै आएपछि खुवा व्यवसायीहरुले चनाखो हुन बाध्य हुनुपरेको छ ।

भैँसीले गाईको तुलनामा कम दूध दिने भएकाले पनि कृषकहरुले भैंसी पाल्न छाडेको खुवा व्यवसायीहरु बताउँछन् । एउटा भैँसीको लगभग लाख रुपैयाँ सम्म पर्दछ । किसानले यति ठूलो खर्च गर्न सक्दैनन् । त्यसैले यहाँका खुवा व्यवसायीले किसानलाई स्थानीय सहकारी मार्फत ऋण लिएर त्यसबाट भैँसी किन्न उत्प्रेरित गर्ने अनि भैंसी किनेका किसानले सम्बन्धित खुवा पसलमै दूध बेच्नेले गर्दा खुवा पसलहरु पनि टिकिरहेको देख्न सकिन्छ । दूध खुवा पसलले प्रतिलिटर ९० रुपैयाँमा भैँसीको किन्ने गर्छन् । पछिल्लो समय खुवा व्यवसाय निकै फस्टाएको छ । यो पेशामा आकर्षित हुनेहरुको सङ्ख्या पनि बढिरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले केही खुवा व्यवसायीहरुका लागि उपमहानगरले खुवा घोट्ने मेसिन अनुदान दिएको बताउनुभयो । खुवा घोट्न हात चलाइ रहनुपर्ने भएकाले सहजताको लागि उपमहानगरले पछिल्लो प्रविधिको मेशिन दिएको उहाँले बताउनु भयो । उहाँका अनुसार यो व्यवसायीलाई थप अनुदान कसरी के प्रक्रियाले दिन सकिन्छ कार्यपालिकाको बैठकबाट निर्णय गरी वार्षिक योजनामा लगेर अनुदान दिन आफूहरु लागि पर्ने बताउनुभयो । उपमहानगरले चुच्चेखोलालाई खुवाको ‘हब’ बनाउन नयाँ किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्नुपर्ने उहाँको भनाइछ ।(रासस)

  • 28shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend