काठमाडौँ, २४ कात्तिक : राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुलने भएका छन् । कार्यालय बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म खुला रहने छन् ।
आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमा झै यस वर्ष पनि तिहार र छठको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको कार्यालयका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभयो । यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन समेत गर्नेछ ।



















आफ्नो प्रतिकृया दिनुहोस्