Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

लोककल्याणकारी विज्ञापनको रकम तत्काल भुक्तानी गर्न माग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ३२, २०८१
In समाचार
0

काठमाडौं : सरकारले छापा संचार माध्यम (पत्र-पत्रिका)लाई उपलब्ध गराउँदै आएको लोक कल्याणकारी विज्ञापन बापतको रकम भुक्तानी रोकेकोमा नेपाल प्रेस युनियनले आपत्ति व्यक्त गरेको छ ।
प्रेस युनियनका महासचिव दिलीप पौडेलले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी भुक्तानी रोक्ने सरकारको खेदजन्य कार्यको विरोध गर्दै तत्काल लोक कल्याणकारी विज्ञापन बापतको रकम भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।


बजेट अपुग भएको देखाउँदै विज्ञापन बोर्डले वैशाख र जेठको रकम भुक्तानी दिएको छैन र असार देखि लोक-कल्याणकारी विज्ञापन नछाप्ने तयारी गरेको छ । विज्ञापन बोर्डका अनुसार ८ सय ६६ पत्रिकालाई दिनु पर्ने तीन करोड ४६ लाख रुपैयाँ पैसा अपुग भएको छ । सो रकम तत्काल निकासा गर्न युनियनले आग्रह गरेको छ ।


मुलुकको अर्थतन्त्रमा समस्या आएका कारण संचार माध्यम सञ्चालनमा कठिनाइ भइरहेकोमा साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यमलाई दिंदै आएको विज्ञापन बापतको रकम रोक्ने कार्य युनियनलाई मान्य नहुने महासचिव पौडेलद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा उल्लेख छ ।


विज्ञापन रोक्दा सञ्चार माध्यम धराशायी हुनुका साथै सञ्चार क्षेत्रमा कार्यरत हजारौंको रोजगारी जोखिममा पर्ने भएकाले छापा सञ्चार माध्यमलाई लोक-कल्याणकारी विज्ञापन बापतको बक्यौता रकम तत्काल उपलब्ध गराउन नेपाल प्रेस युनियन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।


विज्ञापनलाई निरन्तरता दिएर सुविधा वृद्धि गर्न, प्रविधिको विकासले पछिल्लो समय लोकप्रिय हुँदै गएको अनलाइन संचार माध्यमलाई समेत विज्ञापनका लागि बजेटको व्यवस्थापन गर्न प्रेस युनियनले सूचना प्रविधि तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र आवश्यक समन्वय गर्न विज्ञापन बोर्ड लगायतका सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।


संचार क्षेत्रलाई निरुत्साही गर्ने गैर जिम्मेवार पूर्ण कार्यलाई निरन्तरता दिंदै पत्रपत्रिकालाई लोक-कल्याणकारी विज्ञापन बापतको रकम भुक्तानी रोकेमा युनियन थप आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ ।


त्यस्नै युनियनकै अगुवा एवं लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदर दवाडीको अगुवाइमा पुगेको टोलीले साना लगानीका स्वरोजगारमुखी संचार माध्यमलाई प्रदान गर्दै आइरहेको लोक-कल्याणकारी विज्ञापनको रकम रोकिए पछि अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं सँग भेटेर ध्यानाकर्षण गराएको छ ।

  • 33shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

भारी वर्षाको सम्भावनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नागरिकलाई सचेत रहन आग्रह

अशोज ७, २०८३

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै, वाग्ले कार्यवाहक प्रधानमन्त्री

अशोज ६, २०८३

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी अनवर इब्राहिम बीच टेलिफोन संवाद

अशोज ६, २०८३

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend