Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विपद् व्यवस्थापनको लागि ४,४०० सेना सक्रिय, ३ हेलिकोप्टर तैनाथ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ३, २०८१
In राष्ट्रिय
0

काठमाडौं : नेपाली सेनाले मनसुन जन्य विपद्लाई दृष्टिगत गरी विभिन्न पूर्व तयारी अभ्यासहरु सञ्चालन गरेको जनाएको छ ।सैनिक मुख्यालय भद्रकालीमा विहीबार आयोजित वार्षिक पत्रकार सम्मेलनमा विपद व्यवस्थापन कार्यमा सरोकार वाला निकाय तथा अन्य सुरक्षा निकाय हरुको समेत उपस्थितिमा ७७ वटै जिल्लामा पूर्वतयारीका लागि ‘अभ्यास मनसुन’ तालिम पनि सञ्चालन गरिएको जानकारी दिइयो ।

सहायक रथी रविन्द्र खत्रीले मनसुन जन्य विपद् प्रतिकार्य लाई अझ प्रभावकारी बनाउन मनसुन केन्द्रित राष्ट्रिय विपद् प्रतिकार्य योजना–२०८१ अनुसार अत्याधुनिक स्रोत साधन सहित एक हजार १२६ जनालाई विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम प्राप्त गराएर २२ स्थानमा पूर्व-तैनाथ गरी परिचालन गरिएको जानकारी दिए ।

साथै विपद्लाई मध्यनजर पोखरा, सुर्खेत, इटहरीमा हेलिकोप्टर र  एक वटा हवाईजहाजको काठमाडौंमा तयारी अवस्थामा तैनाथ गरिएको जानकारी दिए । आकस्मिक परिचालनको लागि १४ हजार एकसय २६ जना फौज तयारी हालतमा रहि देशका विभिन्न भागमा उद्धार कार्यमा सक्रिय रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘७७ वटै जिल्लामा तैनाथ अन्य फौज समेत विपद् प्रतिकार्य तथा व्यवस्थापनको लागि कुनैपनि समयमा परिचालन हुनसक्ने गरी तयारी हालतमा राखिएको छ ।प्राकृतिक तथा मानव सिर्जित पहिरो, बाढी, डुवान, आगलागी, डढेलो, दुर्घटनाहरुमा नेपाली सेना चार हजार ४ सय ३८ जना नेपाली सेना विभिन्न विपद् प्रतिकार्यको लागि खट्टिएका छन्,’सहायक रथी खत्रीले भने ।

गत आर्थिक वर्षमा नेपाली सेनाका हवाई साधनहरु बाट भएका कुल उडान संख्यामध्ये ८५ प्रतिशत उद्धार कार्यमा भएको र बाँकी १५ प्रतिशत सैनिक तालिम तथा अभ्यास, अति विशिष्ट– विशिष्ट व्यक्ति तथा कुटनीतिक उडान कार्य भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उद्धार कार्यमा भएका उडान मध्ये ९० प्रतिशत गैर-सैनिक उद्धारमा उडान भएको बाँकी १० प्रतिशत उडान सैनिक व्यक्ति उद्धार कार्यमा भएको जनाइएको छ । त्यसैगरी, गैर-सैनिक नागरिक उद्धार कार्यको लागि उडान भएको मध्ये ५० प्रतिशत उडान राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी उद्धार कार्यको लागि भएको छ ।

१२५ वटा सामुदायिक विपद् प्रतिकार्य तालिम तथा अभ्यासमा ३ हजार ३ सय ९० जनालाई तालिम प्रदान गरेको र हाल सम्म २८ हजार ३५ जनालाई तालिम प्रदान गरि सकिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।साथै सेनाले ‘सफा हिमाल अभियान–२०२४’ अन्तर्गत सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाई बाट एकसय १९ टन फोहर १२ वटा मानव शव र चारवटा मानव अस्थिपरञ्जर संकलन गरिएको सेनाले जनाएको छ ।

उक्त अभियानमा १० जना सेना तथा शेर्पा सदस्य १८ गरी २८ जना सहभागी भएका थिए ।त्यस्तै सेनाले वन तथा पर्यावरण सुरक्षा एवं प्रवर्द्धन कार्यक्रम अन्तर्गत १६ लाख १८ हजार ५ सय ७५ बोट विरुवाहरु बृक्षारोपण गरेको जनाएको छ । त्यसैगरी २० वटा ताल संरक्षण गरेको छ भने, ४१ हजार १ सय ६७ मिटर तारबार र १ हजार १ सय ४४ मिटर तटबन्ध निर्माण कार्य गरेको जनाएको छ ।

  • 16shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान

अशोज ३०, २०८१
राष्ट्रिय

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

अशोज २९, २०८१
राष्ट्रिय

आगामी संसद अधिवेशन बाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

अशोज २९, २०८१
राष्ट्रिय

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

अशोज २७, २०८१
राष्ट्रिय

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नु पर्ने : प्रहरी महानिरीक्षक कुँवर

भदौ १६, २०८१
राष्ट्रिय

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणकाे समस्या

साउन ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend