काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्स विमान दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुन सक्ने क्याप्टेन ओम गुरुङले अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरु सचेत हुन नसकेको उनको अनुमान रहेको छ ।

उनले जहाजमा कुनै समस्या आए लगत्तै क्याप्टेन शाक्यको दिमाग सचेत हुनु पर्ने बताए । आफ्नो अनुभव बाँड्दै उनले जहाजमा आगलागी हुँदा नियन्त्रणमा मात्र ध्यान दिनु पर्ने बताए ।‘जहाज सि–चेकका लागि जाँदै थियो । चेक पनि ए,बी,सी लगायत हुन्छन् । यसको टाइम ड्यूरेसन फरक फरक हुन्छ ।

तथापी, रनवेमा जहाजको गति र लाइन ठिक देखिन्छ । विभिन्न चेकलिस्टहरु हेर्दा सन्तुष्टि हुनु पर्ने देखिन्छ । टेकअफ पोइन्ट सम्म पुग्दा पनि सबै ठिक भएको अनुमान लगाउन सकिन्छ । रोल गर्ने क्रममा भि–वान स्पिडलाई कन्ट्रोल गर्न सकिन्छ । यसलाई निकै महत्वपूर्ण मानिएको छ, यो अन्तिम निर्णयको रुपमा पनि लिइन्छ ।

यस्तो अवस्थामा इन्जिनमा केही समस्या भएको हुन सक्छ ।इन्जिनमा फेल भएको वा आगलागी शुरु भएको हुनु पर्छ । यस्तो अवस्थामा क्याप्टेनले दिमागलाई अर्लट गर्न सक्नु भएन कि भन्ने लाग्छ ।’ उनले बि-वानको मामलामा क्याप्टेन शाक्यको निर्णय सही भएको अनुमान गरे।

कप्तानको निर्णय हरेक चरणमा सही भए पनि नियन्त्रणमा समस्या आउन सक्ने बताए ।घट्नाको यात्रु को को थिए भन्ने बारे सम्बन्धित निकायलाई जानकारी हुने भन्दै क्याप्टेन गुरुङले सबै यथार्थ क्याप्टेन शाक्यलाई थाहा हुने बताए ।उनले भने, ‘यो घटना दुःखद बनेको छ । हिजोको घटनामा सबै महत्त्वपूर्ण कुराहरूको बारेमा कुनै जानकारी थिएन।

किनभने हामीले धेरै दुर्घटनाको बारेमा कुरा गरिसकेका छौं। तर पूरै सत्यलाई प्रमाणित गर्न सकिँदैन। इन्जिन सँग सम्बन्धित सबै कुरा तपाईंको नियन्त्रणमा छैन।
यस विषयमा क्याप्टेन शाक्य जीवित छन् । उहाँले सबै कुरा बताउनु हुन्छ।उनले ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गर्दै क्याप्टेन शाक्यको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले यस्ता विषयमा धेरै कुरा गर्न नहुने पनि बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्