Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

को हुन् गुरु ? स्वामी ध्यान आशिष

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २६, २०८१
In आलेख
0

मानवजीवनमा अज्ञान रुपी अन्धकार लाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने व्यक्ति लाई गुरु भनिन्छ । ‘गु’को अर्थ हुन्छ अन्धकार (अज्ञान)एबं ‘रु’को अर्थ हुन्छ प्रकाश(ज्ञान)अज्ञानरुपी अन्धकार बाट ज्ञानरुपी प्रकाश तर्फ लिएर गइजीवनको मार्गदर्शन गर्ने व्यक्ति लाइ गुरु भनिन्छ । मानव जीवनमा गुरुको महिमा अपरम्पार रहेको छ ।


गुरु ब्रम्हा, गुरु बिष्णु , गुरु देबो महेश्वर ।
गुरु साक्षत परब्रम्हातस्मै श्री गुरुवे नम ।।

अर्थात यो सृष्टिका रचनाकार (ब्रम्हा) पनि गुरु, संचालनकर्ता (बिष्णु) पनि गुरु, संहारकर्ता (महेश्वर)पनि गुरु नै हुन् । गुरु नै त्यो परमतत्व हुन् जसबाट यो चराचर जगत संचालित छ । त्यस्ता सद्गुरुदेब लाई मेरो सादर प्रणाम छ ।


‘अज्ञान तिमिरान्धश्च ज्ञानांजन शलाकया, चक्षुन्मिलितम् तस्मै श्री गुरु बै नम’अर्थात जसले ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारमा अन्धा भएका व्यक्तिहरुको आखा खोल्दछन, ति सब गुरु लाई सादर प्रणाम छ ।सनातन हिन्दु धर्ममा गुरु लाई भगवान भन्दा पनि माथिको दर्जा दिइएको छ । भनिन्छ असल गुरुको प्राप्ती अथवा छनोट अधिकांश समस्या र दुबिधाहरुको निरोध हो ।

तथापि आधुनिक युगमा असल गुरु र असल शिष्य दुबैको पहिचान गाह्रो छ । २०औं शताब्दीका महान गुरु ओशो भन्नु हुन्छ, गुरु पूर्वीय चेतनाको खोज हो । पश्चिमी भाषामा गुरु जस्तो कुनै शब्दछैन । गुरु त त्यहि व्यक्ति हुन सक्छ जसमा गुरु ताउपलब्ध भएको होस् । जसमा अन्तिम महिमा उपलब्ध भएको होस् । जसले परम सत्य जानेको छ त्यहि गुरु हुन सक्छ ।

ओशोको दृष्टिमा गुरु त्यो हो जसमा अन्तिम घटना घटेको छ । अनि जो समाधिष्ठ भएको छ । जो परमात्मा संग एक भएको छ ।गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्बकाल देखि चल्दै आएको आषाढ महिनाको शुक्लपक्षको पुर्णिमालाई गुरु पुर्णिमा वाब्यास पुर्णिमा भनिन्छ । आषाढ महिनाको पुर्णिमामा ब्यास ऋषिको जन्मदिन समेत भएकाले यसलाई गुरु पुर्णिमा वाब्यास पुर्णिमा भनिएको हो ।

भगवान गौतम बुद्धले पनि बुद्धत्व प्राप्त गरे पछि असार पुर्णिमाको दिनमा पहिलो पटक सारनाथमा पंचभद्र लाई उपदेश दिएका थिए । भनिन्छ त्यसै दिन बुद्धले पंचभद्र लाई दिक्षा दिएका थिए ।
पूर्णिमा भन्नाले पूर्णचन्द्र अर्थात कुनै पनि कर्मको पूर्णताको अवस्था भनेर बुझिन्छ ।

त्यसैले गुरु पुर्णिमालाई मानव प्राणीमा भएको अन्धकारको अन्त्य भइ ज्ञान प्राप्त गर्ने कामको पूर्णता भएको दिनको उत्सवको रुपमा पनि यसलाई मनाउने गरिन्छ । आषाढ शुल्कपक्षको पुर्णिमामा आफूलाई शिक्षा, दिक्षा एवम मोक्षको बाटो प्रदान गर्ने गुरुहरु प्रति श्रध्दा प्रकट गर्दै अनिगुरुको महिमा गाउँदै उत्सव मनाउने गरिन्छ ।

गुरु पुर्णिमाको निकै पुरानो इतिहास र महत्व हिन्दु सनातन धर्म संस्कृतिमा छ । प्रशिध्द हिन्दु शास्त्र बेदहरुको संकलन, सम्बर्धन र महाभारतको रचना गरेका महान महर्षि श्री कृष्णद्देपायन अर्थात बेद्ब्यासजी आषाढ शुल्कपक्षको पुर्णिमामा जन्मेका थिए । उनले हिन्दु सनातन धर्म अन्तर्गत छरिएर रहेका शास्त्रहरुलाई आफ्नो ध्यान, साधना र तपोबलले एकत्रित र रचना गरि मनुश्यतालाई ठुलो योगदान दिएका छन् ।


गुरु शिष्य परम्परा पूर्वीय दर्शनको एक अमूल्य सम्पदा हो । शिष्यले सदगुरु भेट्टाउनु जीवनको महत्वपुर्ण उपलब्धि हो । अध्यात्ममा जसलाई जाग्नु छ उसले वहुत सावधान भएर मार्गदर्शक छान्नु पर्दछ । महान गुरु ओशोको भनाई अनुसार बहुत होशपूर्वक जीवनमा अघि बढियो भने अनिबहुत बिचारपूर्वक कदम राखियो भने सायद सद्गुरु सँग मिलन हुन सक्छ ।

गुरुलाई त्यसले नै खोज्न सक्छ जस भित्र प्रकाशको खोज पैदा भएको छ । जसको भित्र सत्य जान्ने तिब्र अभिलाशा जागेको छ । ओशोकै शब्दमा भन्नु पर्दा जो भित्र सत्य पिउने अभिप्सा जन्म भएको छ त्यही व्यक्तिले गुरुलाई खोज्न सक्छ । त्यस्तो व्यक्ति नै शिष्य हुन सक्छ । शिष्यको अर्थ विद्यार्थी होइन । यदि कोही वास्तवमा शिष्य छ भने मात्र गुरु पाउन सक्छ ।

शिष्यको अर्थ हुन्छ कोही शिष्य चढाउन राजी हुन्छ । जो प्रार्थना सिक्न आउँदैन प्रार्थनामय हुन आउँछ । शिष्यत्यो हो जो गुरुको आभामंडलमा समाहित हुन् तयार हुन्छ । शिष्यमा बुद्धत्व उपलब्ध हुने संभावना हुन्छ ।


भनिन्छ, जब शिष्यतयार हुन्छ तब सद्गुरु प्रकट हुन्छ । गुरु त्यो हो जसले अन्धकारलाई अलग गरिदिन्छ । सद्गुरु ओशो भन्नुहुन्छ गुरुको अर्थ शिक्षक होइन । गुरुको अर्थ अध्यापक होइन । गुरुको अर्थ व्याख्याता होइन । आचार्य होइन । गुरु शब्दको कुनै पर्याबाची शब्द नै छैन । गुरु शब्द नै अनौठो शब्दहो ।गुरुलाई तब खोज्न सकिन्छ जब मान्छे भित्र प्रकाश खोज्ने आकांक्षा उम्लिन थाल्दछ ।

सद्गुरु जब यस धर्तीमा आउँछन मान्छेहरुले चिन्न सक्दैनन् । सद्गुरुलाई नचिन्ने मात्रहोइन मान्छेहरु विरोधमा उत्रन्छन । विरोधमा मात्र उत्रने होइन मान्छेहरु सद्गुरुलाई हत्या गर्न उद्दत रहन्छ ।
असार पुर्णिमा लाई किन गुरु पुर्णिमाको रुपमा मनाइयो भन्ने सन्दर्भमा महान गुरु ओशोले अदभुत विश्लेषण गर्नु भएको छ ।

असार पुर्णिमा बहुत अर्थपूर्ण छ । असार पुर्णिमालाई चुन्नेहरुले इसारा गरेका छन । गुरु त पुर्णिमा जस्तो हुन्छ अनिशिष्य हुन्छ असार जस्तो । शिष्यहरू जन्म देखिका अध्यारो लिएर आएका हुन्छन । कालाबादलहरु लिएर आएका हुन्छन ।असारको मौशममा पनि गुरु चन्द्रमा जसरी चम्कन सक्छ । अध्यारोले घेरिएको वातावरणमा पनि उज्यालो पैदा गर्न सक्ने नै गुरु हुन्छ ।

त्यसकारण असार पुर्णिमा छानिएको हो । त्यसमा गुरु तर्फ पनि इशारा छ अनिशिष्य तर्फ पनि ।गुरुले शिष्यको अँध्यारोले घेरिएको हृदयमा प्रकाश पुर्याउनु छ । गुरुलाई चन्द्रमाको रुपमा प्रतिक दिइन्छ । मनीषीहरुले धेरै सोचेर चन्द्रमालाई गुरुको प्रतिक चुनेका हुन् । चन्द्रमामा पनि प्रकाश आफ्नो हुँदैन । प्रकाशत सुर्यको हुन्छ । गुरु सँग पनि प्रकाश आफ्नो होइन परमात्माको हो ।

त्यो केवल प्रतिफलहो । जसरी सुर्य तर्फ सिधा हेर्न मुस्किल हुन्छ त्यसैगरी परमात्मा तर्फ सिधा हेर्न सकिदैन । प्रकाश यति धेरै हुन्छ कि जसलाई सम्हाल्न सकिदैन । गुरुले सुर्य जस्तो परमात्माको प्रकाशलाई चन्द्रमाले जसरी लिएर आउछ अनि अँधेरी रातमा कालाबादलले घेरिएका जस्ता शिष्यहरुलाई दिन्छ ।

चन्द्रमाले भयङ्कर अध्यारो पनिजानेको छ अनि प्रकाश पनि जानेको छ । बिना गुरु परमात्मा खोज्न असंभव हुन्छ । ओशोको दृष्टिमा यस कारण असार पुर्णिमालाइ गुरु पुर्णिमा भनिएको हो । गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन गुरु पुर्णिमाको पाबन अवसरमा सद्गुरु ओशो अनि सम्पूर्ण गुरुहरु प्रति हार्दिक नमन !

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३
आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend