२७ श्रावण,काठमाडौं : नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भारत सरकारको सहयोगमा निर्माण भएको भाषा परिषद्को नयाँ भवन उद्घाटन गरेका छन् ।

आइतबार बिहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको उपस्थितिमा संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो भवन भारत सरकारको अनुदानमा निर्माण गरिएको हो ।

२०७२ को महाभूकम्पले क्षति भएको उक्त भवन भारत सरकारले भूकम्पपछिको पून:निर्माणमा सघाउने कार्यक्रम अन्तर्गत निर्माण गरेको हो ।सोमबार स्वदेश फकिर्ने कार्यसूची रहेका सचिवले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरु सँग भेट गर्ने कार्यसूची रहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्