२८ श्रावण,काठमाडौं :संसदीय छानबिन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंह सँग बयान लिएको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले पूर्वणराजा ज्ञानेन्द्र शाहका ज्वाइँ समेत रहेका सिंह सँग सोधपुछ गरेको सभापति सूर्य बहादुर थापाले जानकारी दिएका छन् ।

उनले भने,‘पहिले हामीले सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंह लाई समितिमा बोलाएर उहाँको सहकारीमा प्रतिबद्धता के हो र बचतकर्ताको बचत फिर्ता गर्ने गरी प्रतिबद्धता गर्नु भएको छ । त्यस बारे नै सोधपुछ गरेको छौं ।’
साथै सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित विशेष समितिले सुमेरु बचत तथाऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको विषयमा सिंह सँग सोधपुछ गरेको पनि उनले जानकारी दिए ।




















आफ्नो प्रतिकृया दिनुहोस्