Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आज श्रावण शुक्ल पूर्णिमा : जनै र हातमा डोरा किन लगाउने ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ३, २०८१
In आलेख
0

भोलानाथ घिमिरे

३ भाद्र: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्वको अलग्गै महत्व छ । पूर्णिमाका दिन बिहानै देखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहित बाट रक्षासूत्र बाध्छन् ।

घर घरमा पनि पूजा आरधना गरेर रक्षा बन्धन गर्छन् । वास्तवमा जनै लगाउने नलगाउने जोसुकैको लागि जनै पूर्णिमा भन्ने गरिन्छ । तर नेवार समूदायले जनै पूर्णिमा भन्दैनन् । उनीहरुले विशेष गरी क्वाँटी पूर्णिमा भन्छन् ।

जनै पूर्णिमामा ऋषिहरुको पूजा गरिन्छ । ऋषि भनेको रिसर्चर हुन । ऋषिहरुले बाँच्नको लागि हाम्रो शास्त्रहरुलाई आधार मानेर विभिन्न विधिहरु तयार गरेका छन् । वेद, कर्मकाण्ड ऋषिहरुले नै लेखेका हुन् । कष्यभ, विश्वामित्र, अत्रि, गौतम, भारद्वाज, वाशिष्ठ लगायतका ऋषिहरुको पूजा हुन्छ । ब्राह्मण, क्षेत्री, बैष्य र शूद्र गरेर चार वर्णका व्यक्तिहरु भए पनि सबैले जनै लगाउँदैनन् ।

बाहुन र क्षेत्री बाहेक अरुले जनै नै लगाउदैनन् । गिरि, क्षत्री वर्गमा पर्नेहरु प्राय: जसोले जनै लगाउँदैनन् । हिजो आज त ८० प्रतिशत वाहुनले जनै लगाउँदैनन् । किन भने हामीले जनैको महत्व बुझाउन सकेका छैनौं । हाम्रो सबै भन्दा ठूलो मन्त्र गायत्री मन्त्र त्यसको महत्वको बारेमा बुझाउन सकेनौ । त्यो कमजोरी हाम्रो हो । ऋषिहरुले धेरै शास्त्र छाडेर गएकाले त्यसलाई सम्झना मात्र गर्नसके राम्रो हुन्छ ।

डोरा लगाउने भन्दैमा पसलबाट किनेर लगाउँदैमा हुँदैन् । त्यसका लागि रुद्री गर्नु पर्छ, शिवजीको रुद्री गरिन्छ, मन्त्र पढिन्छ । त्यस पछि मात्र डोरोलाई प्रसादको रुपमा लिने हो ।  तर अहिले बिहान ३ बजे मन्दिरमा कोही मान्छे पुग्छ, वाहुनको बस्त्र लगाएको जुनसुकै जातको व्यक्ति सँग डोरा बानिन्छ ।

कसै लाई मतलव छैन् । वस्त्रमा लगाउँदैमा वाहुन भइदैन् संकल्प पनि गर्न जान्नु पर्छ । ३ बजे मन्दिरमा जान्छ न मुख धुन्छ, न नुहाउँछ त्यस्ता मान्छे गएर दिनभर डोरा बानेर बस्छ । त्यो डोराको के महत्व हुन्छ । तपाईको आफ्नो बाहुन छ, घरमा आउँछ भने डोरा लगाउनु नत्र नलगाए पनि हुन्छ ।

कुरा यत्ति हो हामीले जनै सँधै लगाउनु पर्छ । ऋषिको पूजा गर्दा दाँया पट्टी र पृतिको पूजा गर्दा बाँया पट्टी लगाउनु पर्छ । जनै पूर्णिमामा बाँधेको डोर लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा बाँध्ने चलन छ । ऋषिहरुले के पत्ता लगाएको थियो भने गाई भन्दा असल प्राणी मनुष्यको लागि कोही पनि छैन् भन्ने हिसाबले नै गाईको पुच्छरमा बाध्नु भनेको हो । जसका कराण हामी स्वर्ग पुग्छौ, गाईले स्वर्ग लान्छ भन्ने मान्यता छ ।

तुलसी भारद्वाज निरौला

जनै लगाउने र नलगाउने बीच केही भिन्नता हुन्छ । जनै लगाउने तागाधारी हरु र नलगाउने हरुको खानपान एकदमै फरक हुन्छ । जनै लगाउनेहरुमा कब्जीयतका संकेतहरु बढी हुन्छन् । पुरुषहरुको भित्रि आँखामा जनै पूर्णिमाको महत्वलाई नबुझेर अहिले अपराधिक घट्ना बढेको छन् ।

जनै लगाउने भनेको उपनयन गरे पछि हो । उपनयन भनेको भित्रि आँखा हो । भित्रि आँखा भनेको यो गर्न हुने–नहुने भन्ने छुट्याउनु हो ।जनै फेर्ने भनेर जनै शब्द आयो । पूर्णिमा तिथिमा मनाउने पर्व भएको भएर पूर्णिमा भन्ने शब्द आयो । यसमा पनि रक्षा बन्धन, रक्षा सुत्र भन्ने हुन्छ । रक्षा सुत्र धार्मिक पद्धति हो । रक्षा सुत्रसँग रक्षा बन्धन जोडिने भएकाले यसको विशिष्ट मान्यता छ ।

पौराणिक काल सँग जोडेर हेर्ने हो भने इन्द्र इन्द्रायणी, वृहस्पति ग्रहले रक्षा सुत्र लाई जगाएर इन्द्रायणी मार्फत अलग्गै व्याख्या गरेको छ । इन्द्र लगाएर युद्ध जितेको हुनाले श्रीमती लाई रक्षा सुत्र लगाएर काममा पठाउने भन्ने अर्थमा रहेको मानिन्छ । पछिल्लो समय यमुना यमराज सँग जोडिएर बहिनीले दाजुलाई दाजुले बहिनीलाई रक्षा सुत्र लगाए पछि यसले राम्रो गर्छ भन्ने धार्मिक मान्यता छ ।

कतिपय अवस्थामा विश्वासको कुरा पनि हुन्छ । म रक्षा सुत्रमा बाँधिएको छु, म युद्ध लड्न योग्य छु भन्ने विश्वास हुन्छ । रक्षा सुत्रले राम्रो गर्छ भन्ने आत्माबल पनि बढाउँछ । मैंले रक्षा बन्धन बाँधेको छु, म सुरक्षित छु भन्ने आत्माबल बढ्छ । र हाम्रो पहिचान पनि हो यो । हामी हिन्दु भनेर भन्छौं तर यसो हेर्दा पनि पहिचान चाँही केही पनि छैन् ।

अहिले रक्षाबन्धनको समयमा घरमा बेसारले भिजाएको डोरो भन्दा बजार बाट किनेर ल्याए सजिलो हुन्छ भनेर सजिलोको लागि बजारबाट किनेको राखिको प्रयोग गरिन्छ । तर त्यो बजारबाट ल्याएको राखिलाई पनि विधि पुर्याएर मन्त्र पढेर लगाउने हो भने राम्रो हुन्छ ।

हुन त सनातनकै पद्धती हो । यमुनाले यमराजलाई लगाएको भनेर शुरु भएको हो । सबै धार्मिक पद्धती नै हो तर कतिपय पद्धती हरु कुनै ठाँउमा धेरै मानिन्छ कुनै ठाँउमा मानिदैँन् । नेपालको कुरा गर्ने हो भने बाहुनले घर घरमा आएर डोरो बान्ने चलन बढि थियो, अहिले पछिल्लो समयमा राखी बान्ने भारतबाट चलन आएको छ ।

यसलाई त्यति ठूलो विकृती भन्न मिल्दैन् । डोरो बान्ने चलन वर्तमान समयमा आएर राखीमा परिणत भएको हो ।जनै पूर्णिमाको दिन क्वाटी खाने चलन पनि छ । नेपाल कृषि प्रधान देश हो, यहाँ दिन भर काम गरेर हाम्रो शरिर कमजोर भएको हुन्छ । क्वाँटीमा धेरै थरीका गेडागुडी भएकाले प्रोटिनहरु बढी हुन्छ ।

त्यसले हाम्रो शरीरमा उर्जा जगाउने काम गर्छ । असार, साउनका काम गरेको सबै थकान कम गर्नको लागि पनि क्वाँटी खानु राम्रो हुन्छ । यो एकदमै राम्रो पद्धती हो । जनै पूर्णिमा मात्र होईन, हामीले मान्ने सबै प्रकारको चाडपर्वमा राम्रा वैज्ञानिक आधार सहितका पद्धतीहरु रहेका छन् ।

  • 49shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३
आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend