Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

दशगजामा सडक निर्माणमा आएका भारतीयलाई सशस्त्रले लखेट्यो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ९, २०८१
In समाचार
0

९ भाद्र, झापा: दशगजामा सडक बनाउन शुरु गरेका भारतीय लाई सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक(डिएसपी)ले त्यहाँ बाट धपाएका छन् ।आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिक लाई डिएसपी महेश विष्ट नेतृत्वको टोलीले अवरोध गर्दै त्यहाँ बाट धपाएका हुन् ।


झापाको कचनकवल गाउँपालिका-१ घेराबारीमा रहेको प्रस्तावित गुल्मका डिएसपी बिष्टले एसएसबीको संरक्षणमा घरेलु औजार लिएर सडक निर्माण गर्न आएका भारतीय लाई त्यहाँबाट धपाएका हुन् ।


नेपाल-भारतको अन्तराष्ट्रिय सीमा स्तम्भ १२४ नम्बरको सीमा पिल्लर उत्तर तर्फ नेपालको उग्र नारायण बस्ती र दक्षिण तर्फ भारतको जोरबारी बस्ती रहेको छ ।

त्यसको नजिकै भारतीय सीमा सुरक्षा बलको उपस्थितिमा भारतको जोरबारीका स्थानीयहरुले शनिबार एक सय मिटर सडक निर्माण गरेका थिए । आइतबार बिहान पुन: सडक निर्माण गर्न जोरबारीका स्थानीय आएपछि डिएसपी बिष्टले अवरोध गरेका हुन् ।


नेपालका तर्फ बाट उग्र नारायण बस्तीका स्थानीय, कचनकवल, सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोलीले सडक निर्माण गर्ने कामको प्रतिवाद गरेको थियो । यस क्रममा केही समय बिवाद उत्पन्न भएको स्थानीयले बताएका छन् ।


भारतीय एसएसबी कदुभिटाका जेआर भाटले धम्कीपूर्ण शब्दमा गुल्म प्रमुख बिष्ट लाई बाटो निर्माणमा कुनै गलत नभएको, दशगजा क्षेत्र भनेको दशगजा मात्र हो र दशगजा छाडेर भारतले बाटो निर्माण गर्न पाउने बताउँदा बिष्टले त्यसको प्रतिवाद गरेको बताएका छन् ।


प्रतिवादमा विष्टले दशगजा क्षेत्र भित्र कुनै संरचना बनाउन नदिने जिकिर गरेका थिए । त्यसका लागि नेपाल सरकार बाट निर्देशन आएको खण्डमा मात्र अवरोध नगर्ने चेतावनी दिए पछि भारतीय पक्ष पछि हटेको थियो ।


विवाद समाधानका लागि खनेको बाटो पहिलाकै जस्तो संरचनामा लाने सहमति भएको थियो । नेपाली र भारतीय सुरक्षाकर्मी तथा दुबै देशका स्थानीयवासीको संलग्नतामा खनेको सडक पुरिएको हो । विवाद पछि भारतीय पक्षले सडक निर्माण नगर्ने भएको बताइएको छ ।

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend