१० भाद्र,काठमाडौं: ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बु सैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् ।सोमबार उनी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेश मन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली सँग छुट्टा-छुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका रहेको छ ।साथै, भ्रमणको क्रममा दुई मन्त्री बीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा भेटवार्ता तथा छलफल हुनेछ । उनि भोलि मंगलवार स्वदेश फर्किने छन ।




















आफ्नो प्रतिकृया दिनुहोस्