१० भाद्र,काठमाडौं: सोमबार सैनिक मंच टुडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा सहभागी हरुले नेताहरु विरुद्ध नाराबाजी गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बोल्दै गर्दा नाराबाजी भए पछि देउवा आक्रोशित हुँदै आन्दोलनकारी लाई गाली गरेका थिए । आक्रोशित हुँदै देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’
प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागी हरुले नेताहरु बोल्दा नाराबाजी गरेका थिए । सो क्रममा देउवा ‘लाज छैन’ भन्दै जंगिएका थिए ।
‘यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन ।’ गौरा पर्व खेल्न र हेर्न आएका हरुको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका थिए ।
नाराबाजीका बीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए । देउवा अघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो ।नाराबाजीमा सहभागी हरुले बालेन्द्र शाह(बालेन)लाई नबोलाएको मा आक्रोश पोखेको बताइन्छ ।
प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह(प्रशंसा)ले बर्षेनी काठमाडौंमा गौरा पर्व विशेष कार्यक्रम गर्दै आइ रहेको छ ।





















आफ्नो प्रतिकृया दिनुहोस्