११ भाद्र,पोखरा : चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीय स्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुङ्गा बाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्क विहीन भएका हुन् ।

उनीहरु भुरूङ्ग्दी खोलाको पुल मुनि रहेको पुरानो बाटो बाट हिड्दा खोलाले बगाएको हुन सक्ने आकलन गरिएको गाउँपालिका प्रवक्ता भरत राम गुरुङले जानकारी दिए ।आइतबार मात्रै बिरेठाँटी स्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्टमा नाम टिपाएर उल्लेरी लागेको उक्त युगल जोडीको सोमबार दिन भर खोजि गरिएको भए पनि फेला बताइएको छ ।
उनीहरुको खोजीका लागि मंगलाबार गोताखोर परिचालन गर्ने तयारी भएको बताइएको छ ।मंगलबार गोताखोर सहितको टोलीले खोलामा खोजी गर्नेछ । पर्यटक हराएको जानकारी दूतावास लाई गराइएको प्रवक्ता गुरुङले बताए ।




















आफ्नो प्रतिकृया दिनुहोस्