११ भाद्र,काठमाडौं: पूर्व-प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनता लाई जागृत गर्न सांस्कृतिक ऐतिहासिक भूमिका रहेको बताएका छन् ।
जनगायक जेवी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेवी टुहुरे फाउण्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै उनले दर्शन, सिद्धान्त र राजनीतिका धेरै कुरा गरेर भन्दा गीत, संगीतका थोरै प्रस्तुति बाट जनतामा धेरै भन्दा धेरै जागरण पैदा गर्न सकिने बताए ।

उनले सांस्कृतिक यौद्धाहरु जीवनभर जनतामा जागरण पैदा गर्दैगर्दै पर्ने र मरिसके पछि पनि युगयुग सम्म जागरण पैदा गरिरने र कहिल्यै नपर्ने बताए ।पारिजातको कविता उधृत गर्दै उनले सहिदहरु कहिल्यै नमर्ने बरु उनीहरु युगयुग सम्म नारा भएर घन्किरहने बताए ।
जेवी टुहुरे फाउण्डेसनले एक लाख राशी सहितको जेवी टुहुरे सम्मान २०८१ मनरोपरान्त अर्का जनगायक खुशीराम पाख्रिन लाई समर्पण गरेको छ ।इच्छुक प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै सांस्कृतिक यौद्धाहरु लाई एकै साथ सम्झन पाउनु खुशी र गौरवको विषय भएको बताए ।
‘महान सहिद कृष्णसेन इच्छुकको स्मृतिमा निर्मित भवनमा जेवी टुहुरेको स्मृति दिवसमा खुशीराम पाख्रिन लाई मरोनोपरान्त सम्मान गर्न पाउँदा निकै गौरवान्वित महसुस गरेको छु’, उनको भनाइ छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्