२४ भाद्र,काठमाडौं: नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्ट लाई राजीनामा बुझाएका हुन् ।
मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको उनले पत्र मार्फत जानकारी गराएका छन् । महासंघले तेस्रो पटक निर्वाचनको मिति तोकेको छ ।
उनले राजीनामा पत्रमा निर्वाचन गराउनका लागि पहल कदमी लिए पनि मिति तोकिएको झण्डै एक हप्ता सम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठक बाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
उनले पत्रमा उल्लेख गरेका छन, ‘सिङ्गो बैठकले सदस्यताको सूची प्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचन प्रति पनि सर्व-स्वीकार्यता हुने महसुस गरेन ।’ सरोकार वाला पक्षले समेत सदस्य सूची आफू लाई देखाएर मात्र अघि बढ्न पर्ने अपेक्षा राख्दा मन खिन्न हुने गरेको उनले उल्लेख गरे ।
यस्तो अवस्था बाट आफूमा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचन लाई सम्पन्न गर्न म समर्थ नभएको पत्रमा उल्लेख गर्दै उनले आगामी दिनमा महासंघको हुने गतिविधि लाई आवश्यकता अनुसार साथ समर्थन र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्