२४ भाद्र,काठमाडौं: अर्थ समिति बाट बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ ।सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बाट १० करोड भन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्ष सम्म कैद सजाय हुने प्रावधान सहित विधेयक पारित भएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।
उनले भने,‘ चेक १५ लाख सम्मको चेक अनादर प्रमाणित भएमा एक महिना, ५० लाख सम्म तीन महिना, एक करोड सम्म एक वर्ष र एक करोड रुपैयाँको दुई वर्ष र १० करोड भन्दा माथि जतिसुकै बिगो भएता पनि ४ वर्ष सम्म थप कैद सजाय हुने सहमति सँगै विधेयक पारित भएको घोषणा गर्दछु ।’



















आफ्नो प्रतिकृया दिनुहोस्