२० गते असोज,काठमाडौं:हाल देश भर मनसुनी वायुको प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
सोही कारण अहिले देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइ रहेको छ ।आज दिउँसो देश भर साधारण तया बदली रहने छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम लगायत अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति भने कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।
कोशी र बागमती लगायत अन्य प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्