२० असोज,काठमाडौं: नव-नियुक्त प्रधान न्यायाधीश प्रकाशमान सिह राउतले पदभार ग्रहण छन् । आइतबार प्रधान न्यायाधीश कार्यालय सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उनले प्रधान न्यायाधीश जस्तो हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको बताए । नेपालको न्यायालय अहिले लयमा फर्किएको भन्दै उनले त्यस लाई समृद्ध बनाउनका लागि आफुहरु लागि परिरहेको बताए ।

उनले भने,‘मेरो लागि आज ऐतिहासिक दिन हो । किन भने देशको प्रधान न्यायाधीशको हैसियतमा छु । नेपालको न्यायालय अहिले लयमा फर्किएको छ ।सुखद् र गौरवको विषय हो । यस लाई समृद्ध बनाउनु पर्छ । त्यसको लागि हामी लागि परेका छौं ।’

उनले आफ्ना पाँच वटा बुँदाहरु लक्ष्यको रुपमा सुनाउँदै त्यस लाई जसरी पनि पूरा गर्ने प्रतिवद्धता जनाए ।उनले भने,‘पाँच वटा बुँदाहरु लक्ष्यका रुपमा निर्धारित गरेका छौं । छिटो छरितो गुणस्तरीय न्याय, न्यायमा पहुँच, न्यायीक सुशासन,जन आस्थामा अभिवृद्धि,सूचना प्रविधिको प्रचुर प्रयोग र मानव संसाधन र भौतिक पूर्वाधार पूर्वाधार लक्ष्य हुन् र पवित्र पनि छन् ।’
उनले आफूले पहिले पनि राज्यको चौथो अंगको रुपमा काम गरेको भन्दै अब पनि त्यही अनुरुप काम गर्ने बताए । उनले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल बाट शपथ ग्रहण गरेका थिए ।



















आफ्नो प्रतिकृया दिनुहोस्