२१ असोज, काठमाडौँ:दुर्गा प्रसाईं पक्राउको बिरोध गर्दै उनका समर्थक द्वारा आग जनी गरिएको भारतीय ट्रक चालकको मृत्युु भएको छ ।बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।
सुनसरीको दुहबीमा जुट (पाटा) पुर्याएर पुर्व तर्फ आउँदै गरेको सो ट्रकमा १०-१२ जनाको समुहले आगजनी गरि फरार भएको थियो । उक्त ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ईलाका प्रहरी कार्यालय अनारमनी झापा बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको थियो ।
आगलागी बाट ट्र्कको अगाडिको भाग पुर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागी बाट ट्र्कका चालक भारत इस्लामपुर बस्ने बर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका थिए ।
उनको उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भई रहेको अवस्थामा शनिबार मृत्यु भएको हो ।चालकको मृत्यु भए पछि उनका आफन्तले आइतबार डेढ घण्टा सम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए ।
घटना पछि भारतीय प्रहरीले नेपाल प्रहरी सँग समन्वय गरेर शव नेपाल ल्याइएको छ । उक्त शव अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।घटनामा संलग्न भएको अभियोगमा प्रहरीले प्रसाईले भर्खरै गठन गरेको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भिम तुम्बापो सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्