१६ मंसिर,सिरहा: अवैध मदिरा नियन्त्रणमा लिन मध्यरातमा बोर्डरमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण यादवको हत्या भएको छ ।नेपाल बाट भारत तर्फ अवैध मदिरा तस्करी निकासी गर्ने तस्करको स्कारपियो गाडीले भारतीय सीमा नजिकै सिरहाको बरियारपट्टी गाउँपालिका पाँच कचनारी गाउँमा यादव लाई ठक्कर दिएको थियो ।
शनिवार अन्दाजी राति १२ बजे तिर भारत तर्फ हुकिएर जाँदै गरेको स्कारपियो लाई चेकजाँच गर्ने उद्देश्यले सई यादवले रोक्न खोज्दा उक्त गाडीले किचेर भारत तर्फ भागेको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताएका छन ।
यादवको कमाण्डमा रहेका अन्य सुरक्षाकर्मी हरुले जिल्ला स्थित सशस्त्र प्रहरी हेडक्वाटरमा घटनाबारे सूचना गरेका थिए । यादवको शव पोष्टमार्टमको लागि लहान अस्पताल पुर्याइएको छ । मृतक यादव सिरहाकै नरहा गाउँपालिका वडा नं. ५ का बासिन्दा हुन् ।
प्रहरीले हत्यारा मदिरा तस्कर, सवारी साधन स्कारपियो र सवारी चालक लाई पक्राउ गर्न नसकेको भन्दै लहानमा केही बेर राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले सामान्य बल प्रयोग गरेर तनावग्रस्त लहान बजारकाे राजमार्ग खुलाए पनि परिवारजनले शव बुझ्न मानेका छैनन् ।
प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ तर उसको नाम सार्वजनिक गरेको छैन ।यता परिवारजनले प्रहरीले पक्राउ गरेको एक जनाको नाम तत्काल सार्वजनिक गर्नु पर्ने, यादवको कमाण्डमा खटिएका अन्य सशस्त्र प्रहरीका जवानहरुको नाम सार्वजनिक गर्नु पर्ने र उनीहरुको वयान लिनुपर्ने अडान लिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्