Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

ईटाँ उद्योगका मजदुर भन्छन् : पारिश्रमिक थोरै भए पनि बाँच्नै परेको छ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस १४, २०८१
In आलेख
0

१४ पौष,काठमाडौं: काठमाडौं उपत्याका भित्रका ईटाँ उद्योगहरुमा ईटाँ निर्माणको काम शुरु भएको छ । यही माघ १ गते देखि भट्टाहरुमा ईटाँ पोल्ने काम शुरु हुने व्यवसायीहरुको भनाइ छ ।


ईटाँ बनाउका लागि नेपालका विभिन्न जिल्लाहरु बाट मजदुरहरु उपत्यका भित्रिरहेका छन् । तर जोखिम पूर्ण मानिने ईटाँ बनाउने काम प्रति मजदुर त्यति खुशी छैनन् । जीवन गुजारा चलाउन उद्योग हरु राम्रो भए पनि पारिश्रमिका हिसाबले मजदुर सन्तुष्ट छैनन् ।


काभ्रे बाट आएका शिव बहादुर तामाङ ६ बर्ष देखि ईटाँ बनाउँदै आए पनि पारिश्रमिकमा सन्तुष्ट हुन नसकेको बताए । ‘मैंले ईटाँ बनाउन थालेको ६ वर्ष भयो । पहिला र अहिले काममा धेरै भिन्नता आइसकेको छ । पहिला आफै ले  माटो मुछेर काम गर्नु पर्ने थियो, धेरै दु:ख हुन्थ्यो । अहिले मेसिनहरुका कारण केही सहज भएको छ,’उनले भने,‘तर ईटाँ बनाउन जति दु:ख छ त्यति पारिश्रमिक छैन् । हजार वटा ईटाँ बनाएको १२ सय ५० आउँछ । दिनमा दुई हजार देखि २५ सय ईट्टा बनाउन सकिन्छ । विहान २ बजे देखि रातको ११ बजे सम्म खट्छु तर पारिश्रमिक दु:ख गरे अनुसार छैन् ।’

शिव बहादुरका अनुसार रासन पानी खानका लागि दश दिन लाई हप्ता मानेर दुई हजार देखि चार हजार सम्म दिइएको हुन्छ । उनले भने,‘काम गरेको पूरै पैसा काम सकिए पछि बैशाख तिर मात्र आउँछ । जति धेरै ईटाँ बनायो, उत्ति पैसा आउँछ । डेढ लाख जति बनायो भने एक लाख ७५ हजार रुपैंयाँ आउँछ । दुई लाख बनायो भने दुई लाख ५० हजार पैसा हुन्छ । दु:ख गरे अनुसार यो पैसा थोरै नै हो ।’

अन्यन्त्र रोजगारी नभएका बेला ईटाँ बनाउने कामले आफूहरु लाई सन्तुष्टि दिएको मजदुरहरुको भनाइ छ । ‘अन्त काम छैन । सिजनका बेलामा अलि अलि भएनी कमाई हुन्छ । बाल-बच्चा पाल्नु पर्यो । आफूले पनि खानै पर्यो । सिजनका बेला भट्टामा आउँछु । भट्टा सिजन सकिए पछि बाहिर तिर काम खोज्नु पर्छ,’ उनले भने ।

बजारमा पाकेको इट्टाको १४ देखि १५ रुपैयाँ रहेको उनले सुनाए । इँटा व्यवसाय बाट साहूहरु लाई पनि समस्या नै भएको उनको भनाइ छ । ‘हुनत साहूहरु लाई पनि धेरै गार्हो होला । जग्गाको भाडा तिर्नु पर्यो, माटो किन्नु पर्यो, इटा बनाउने र बोक्नेहरु लाई पैसा दिनै पर्यो,’ उनले भने,‘तर हाम्रो श्रम अनुसारको पारिश्रमिक न्यून हो । कम्तिमा एक हजार इट्टा बनाएको १५ सय हुनु पर्ने हो तर १२ सय ५० मात्र पाएका छौं । हामी लाई घाटा छ । एक बोरा चामलको २५ सय पर्छ । सबै खाद्य सामग्री महंगो छ ।’

यता, ईटाँ उद्योगीहरुका आफ्नै खाले समस्याहरु छन् । धेरैले रोजगारी पाए पनि व्यवसायमा धेरै समस्याहरु रहेको भक्तपुर ईटाँ उद्योग व्यवसायी संघका अध्यक्ष नाति भाइ ह्योम्वाको भनाई छ ।

‘उद्योगका कारण मजदुरहरुको अवस्था सुधारिएको छ । शिक्षाको क्षेत्रबाट बञ्चित भएका, आर्थिक स्तर कमजोर भएकाहरु लाई ईटाँ उद्योगले रोजगारी दिलाएको छ । रोल्पा, रुकुम, सल्यान पूर्व तिरको विकट जिल्ला तिरका मजदुरहरुका लागि उद्योगले आर्थिक स्तरमा सुधार ल्याएको छ,’ अध्यक्ष ह्योम्वाले भने,‘मजदुर मात्र होइन स्थानीय ठाउँकै आर्थिक स्तरमा बृद्धि भएको छ । ३० हजार कामदारले रोजगारी पाएका छन् । एक सिजनमा भक्तपुरमा मात्रै तीन करोड रुपैंयाँ सम्म मजदुरहरु लाई वितरण गरेको रेकर्ड छ ।’ जति संख्यामा इँटा बनाए उत्ति नै पारिश्रमिक दिने गरेको उनले बताए ।

श्रीमान–श्रीमती नै मजदुरी गर्ने हरुले दिनमै ३६ सय रुपैंयाँ सम्म वितरण गरेको उनले सुनाए ।ईटाँ को मूल्य निर्धारण इटाको गुणस्तर अनुसार हुने गरेको उनले बताए । तर ईटाँ स्टक बस्दा व्यवसायीहरु मारमा परेको उनको भनाइ छ । ‘इँटा चार पाँच बर्ष देखि नै स्टक बसिरहेको छ । तर मजुदुर लाई दिनु पर्ने सेवा सुविधा दिनै पर्छ । दुर्घट्ना बिमा भनेर ६ महिनाको एक-मुष्ठ बिमा कम्पनी लाई पैसा बुझाएका छौं । मजुदुरका छोरा-छोरी लाई शिशु स्याहार खोलेका छौं ।मजदुरहरु लाई पहिलेको जस्तो छैन् । धेरै परिवर्तनहरु आएको छ । अहिले माटो मुस्नु पर्दैन् । खन्नु पर्दैन् । पहिले माटो खनेर खाल्डोमा गएर कुल्चेर पानी हालेर माटो मुस्न पर्थ्यो । अहिले सबै ठिक बनाएर ल्याइ दिन्छौं । हिलो बनाएर ईटाँ पार्न ठिक्क पार्दिन्छौं । त्यस लाई इटा बनाउने मात्र काम हो,’ उनले भने,‘परिश्रमका हिसाबले मजदुरहरुको आर्थिक अवस्थामा पनि धेरै सुधार आएको छ ।’


अध्यक्ष ह्योम्वाले इटा उद्योग सिजनल भएकाले ट्याक्समा आफूहरु लाई मार परेको बताए । उद्योगी र सरकार मिलेर जानु पर्नेमा आफूहरु मारमा परेको उनले सुनाए । तर सरकारले उद्योगमा सहजीकरण गरे मजदुरहरुको समस्या समाधान गर्न कठिन नहुने उनले बताए ।

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३
आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend