Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

ईटाँ उद्योगका मजदुर भन्छन् : पारिश्रमिक थोरै भए पनि बाँच्नै परेको छ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस १४, २०८१
In आलेख
0

१४ पौष,काठमाडौं: काठमाडौं उपत्याका भित्रका ईटाँ उद्योगहरुमा ईटाँ निर्माणको काम शुरु भएको छ । यही माघ १ गते देखि भट्टाहरुमा ईटाँ पोल्ने काम शुरु हुने व्यवसायीहरुको भनाइ छ ।


ईटाँ बनाउका लागि नेपालका विभिन्न जिल्लाहरु बाट मजदुरहरु उपत्यका भित्रिरहेका छन् । तर जोखिम पूर्ण मानिने ईटाँ बनाउने काम प्रति मजदुर त्यति खुशी छैनन् । जीवन गुजारा चलाउन उद्योग हरु राम्रो भए पनि पारिश्रमिका हिसाबले मजदुर सन्तुष्ट छैनन् ।


काभ्रे बाट आएका शिव बहादुर तामाङ ६ बर्ष देखि ईटाँ बनाउँदै आए पनि पारिश्रमिकमा सन्तुष्ट हुन नसकेको बताए । ‘मैंले ईटाँ बनाउन थालेको ६ वर्ष भयो । पहिला र अहिले काममा धेरै भिन्नता आइसकेको छ । पहिला आफै ले  माटो मुछेर काम गर्नु पर्ने थियो, धेरै दु:ख हुन्थ्यो । अहिले मेसिनहरुका कारण केही सहज भएको छ,’उनले भने,‘तर ईटाँ बनाउन जति दु:ख छ त्यति पारिश्रमिक छैन् । हजार वटा ईटाँ बनाएको १२ सय ५० आउँछ । दिनमा दुई हजार देखि २५ सय ईट्टा बनाउन सकिन्छ । विहान २ बजे देखि रातको ११ बजे सम्म खट्छु तर पारिश्रमिक दु:ख गरे अनुसार छैन् ।’

शिव बहादुरका अनुसार रासन पानी खानका लागि दश दिन लाई हप्ता मानेर दुई हजार देखि चार हजार सम्म दिइएको हुन्छ । उनले भने,‘काम गरेको पूरै पैसा काम सकिए पछि बैशाख तिर मात्र आउँछ । जति धेरै ईटाँ बनायो, उत्ति पैसा आउँछ । डेढ लाख जति बनायो भने एक लाख ७५ हजार रुपैंयाँ आउँछ । दुई लाख बनायो भने दुई लाख ५० हजार पैसा हुन्छ । दु:ख गरे अनुसार यो पैसा थोरै नै हो ।’

अन्यन्त्र रोजगारी नभएका बेला ईटाँ बनाउने कामले आफूहरु लाई सन्तुष्टि दिएको मजदुरहरुको भनाइ छ । ‘अन्त काम छैन । सिजनका बेलामा अलि अलि भएनी कमाई हुन्छ । बाल-बच्चा पाल्नु पर्यो । आफूले पनि खानै पर्यो । सिजनका बेला भट्टामा आउँछु । भट्टा सिजन सकिए पछि बाहिर तिर काम खोज्नु पर्छ,’ उनले भने ।

बजारमा पाकेको इट्टाको १४ देखि १५ रुपैयाँ रहेको उनले सुनाए । इँटा व्यवसाय बाट साहूहरु लाई पनि समस्या नै भएको उनको भनाइ छ । ‘हुनत साहूहरु लाई पनि धेरै गार्हो होला । जग्गाको भाडा तिर्नु पर्यो, माटो किन्नु पर्यो, इटा बनाउने र बोक्नेहरु लाई पैसा दिनै पर्यो,’ उनले भने,‘तर हाम्रो श्रम अनुसारको पारिश्रमिक न्यून हो । कम्तिमा एक हजार इट्टा बनाएको १५ सय हुनु पर्ने हो तर १२ सय ५० मात्र पाएका छौं । हामी लाई घाटा छ । एक बोरा चामलको २५ सय पर्छ । सबै खाद्य सामग्री महंगो छ ।’

यता, ईटाँ उद्योगीहरुका आफ्नै खाले समस्याहरु छन् । धेरैले रोजगारी पाए पनि व्यवसायमा धेरै समस्याहरु रहेको भक्तपुर ईटाँ उद्योग व्यवसायी संघका अध्यक्ष नाति भाइ ह्योम्वाको भनाई छ ।

‘उद्योगका कारण मजदुरहरुको अवस्था सुधारिएको छ । शिक्षाको क्षेत्रबाट बञ्चित भएका, आर्थिक स्तर कमजोर भएकाहरु लाई ईटाँ उद्योगले रोजगारी दिलाएको छ । रोल्पा, रुकुम, सल्यान पूर्व तिरको विकट जिल्ला तिरका मजदुरहरुका लागि उद्योगले आर्थिक स्तरमा सुधार ल्याएको छ,’ अध्यक्ष ह्योम्वाले भने,‘मजदुर मात्र होइन स्थानीय ठाउँकै आर्थिक स्तरमा बृद्धि भएको छ । ३० हजार कामदारले रोजगारी पाएका छन् । एक सिजनमा भक्तपुरमा मात्रै तीन करोड रुपैंयाँ सम्म मजदुरहरु लाई वितरण गरेको रेकर्ड छ ।’ जति संख्यामा इँटा बनाए उत्ति नै पारिश्रमिक दिने गरेको उनले बताए ।

श्रीमान–श्रीमती नै मजदुरी गर्ने हरुले दिनमै ३६ सय रुपैंयाँ सम्म वितरण गरेको उनले सुनाए ।ईटाँ को मूल्य निर्धारण इटाको गुणस्तर अनुसार हुने गरेको उनले बताए । तर ईटाँ स्टक बस्दा व्यवसायीहरु मारमा परेको उनको भनाइ छ । ‘इँटा चार पाँच बर्ष देखि नै स्टक बसिरहेको छ । तर मजुदुर लाई दिनु पर्ने सेवा सुविधा दिनै पर्छ । दुर्घट्ना बिमा भनेर ६ महिनाको एक-मुष्ठ बिमा कम्पनी लाई पैसा बुझाएका छौं । मजुदुरका छोरा-छोरी लाई शिशु स्याहार खोलेका छौं ।मजदुरहरु लाई पहिलेको जस्तो छैन् । धेरै परिवर्तनहरु आएको छ । अहिले माटो मुस्नु पर्दैन् । खन्नु पर्दैन् । पहिले माटो खनेर खाल्डोमा गएर कुल्चेर पानी हालेर माटो मुस्न पर्थ्यो । अहिले सबै ठिक बनाएर ल्याइ दिन्छौं । हिलो बनाएर ईटाँ पार्न ठिक्क पार्दिन्छौं । त्यस लाई इटा बनाउने मात्र काम हो,’ उनले भने,‘परिश्रमका हिसाबले मजदुरहरुको आर्थिक अवस्थामा पनि धेरै सुधार आएको छ ।’


अध्यक्ष ह्योम्वाले इटा उद्योग सिजनल भएकाले ट्याक्समा आफूहरु लाई मार परेको बताए । उद्योगी र सरकार मिलेर जानु पर्नेमा आफूहरु मारमा परेको उनले सुनाए । तर सरकारले उद्योगमा सहजीकरण गरे मजदुरहरुको समस्या समाधान गर्न कठिन नहुने उनले बताए ।

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

जनकपुरधाममा मन्दिरको जग्गा अतिक्रमण र प्रशासनको मौनता

चैत्र २०, २०८१
आलेख

आज श्रावण शुक्ल पूर्णिमा : जनै र हातमा डोरा किन लगाउने ?

भदौ ३, २०८१
आलेख

को हुन् गुरु ? स्वामी ध्यान आशिष

साउन २६, २०८१
आलेख

समलिंगी विवाह गरेका जोडीहरु अन्योलमा, कानुन नहुँदा समस्या

असार ७, २०८१
आलेख

कुमाल जातिको सीपको कदर हुने बेला (आलेख)

कार्तिक २४, २०८०
आलेख

पाँच वर्षदेखि निरन्तर चित्रकला चित्रण, ‘ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई जीवन्त बनाउँदै’ कलाकार

भदौ २३, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend