२६ वैशाख,काठमाडौं: फ्राइडे रिलिज अन्तर्गत आज देखि दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका हलहरूमा प्रदर्शनमा आएका छन्।फुर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको ‘जार’ २२५ वर्ष पुरानो ऐतिहासिक कथामा आधारित छ। यो फिल्म प्रसिद्ध साहित्यकार इन्द्र बहादुर राईको कथाबाट रूपान्तरित गरिएको हो। चलचित्रमा सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा देखिएका छन्।
यसका कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। संगीत झुमा लिम्बू र गंगा थापाले दिएका छन्।‘ऊनको स्वीटर’ भने निर्देशक नवीन चौहानको लेखन र निर्देशनमा बनेको सामाजिक कथानक चलचित्र हो, जसले पूर्वी नेपालको पाँचथर जिल्लामा पाइने सांस्कृतिक विविधता र सामाजिक अन्तर्विरोधलाई उजागर गर्छ।
यसमा विपीन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बू, सुनील पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा र माओत्से गुरुङ लगायतका कलाकारहरूको अभिनय छ।
संगीत सुजन चापागाईं र झुमा लिम्बूले तयार पारेका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्