Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘लालीबजार’को गीत ‘मायालाई के दिउँ म बैना’ सामाजिक सञ्जालमा ट्रेन्डिङ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ३, २०८२
In मनोरन्जन
0

३ चैत,काठमाडौं । षट्कोण आर्टसको निर्माणमा तयार भएको फिल्म लालीबजारको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिकसँगै दर्शकमाझ अत्यधिक लोकप्रिय बन्दै गएको छ।गत फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै युट्युबमा करिब १४ लाख भ्यूज पार गर्दै चर्चा कमाएको छ। गीतको लोकप्रियतासँगै यो विशेषगरी टिकटकर र रील्स प्रयोगकर्ताको रोजाइमा परेको देखिन्छ।

गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापा ले प्रस्तुत गरेको नृत्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनीहरूको डान्स स्टेपलाई अनुकरण गर्दै टिकटक, फेसबुक रील्स लगायत प्लेटफर्ममा हजारौं भिडियोहरू बन्न थालेका छन्।

प्रयोगकर्ताहरूले गीतमा देखिएको नृत्य शैली, गायक–गायिकाको स्वर तथा लोकभाकाको प्रयोगको खुलेर प्रशंसा गरेका छन्। विशेषगरी समाइरा र स्वस्तिमाको केमेस्ट्री र प्रस्तुति धेरैले मन पराएका छन्।अभिनेत्री स्वस्तिमा खड्काले गीतको तयारीबारे बताउँदै छायांकनकै बीचमा अभ्यास गरिएको उल्लेख गरिन्। उनले समाइराको नृत्यप्रति प्रशंसा गर्दै उनको ऊर्जा र मेहनतले आफूलाई पनि प्रेरणा दिएको बताइन्।

गीतको कोरियोग्राफी प्रदीप लामा ले गरेका हुन् भने स्वर दीपिका बयाम्बु मगर र खेम सेन्चुरी को रहेको छ। सङ्गीत पनि खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजी ले लेखेका हुन्।फिल्म लालीबजार आगामी वर्ष २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने तयारीमा छ। बर्दियाको राजापुरमा छायांकन गरिएको यस फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक यम थापा ले कथा अनुसार नै गीत तयार गरिएको बताउँदै दर्शकबाट प्राप्त माया प्रति खुसी व्यक्त गरेका छन्। फिल्मको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका हुन्।फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् भने निर्माण टिमले गीतको सफलता पछि फिल्म प्रति दर्शकको उत्साह अझ बढ्ने विश्वास लिएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

चैत्र १९, २०८२
मनोरन्जन

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

चैत्र १७, २०८२
मनोरन्जन

ठमेलको एलओडीमा विनोद राठोड र अनीश ओकेलीको महासंगम

चैत्र ७, २०८२
मनोरन्जन

चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक

चैत्र ४, २०८२
मनोरन्जन

अदालती बहस देखि संगीतको धुन सम्म: सरकारी वकिलको एउटा ‘प्रेमकथा’

फाल्गुन १६, २०८२
मनोरन्जन

गायन छाड्ने अरिजितको निर्णयले आमिर भावुक, ‘सन्यास’ फिर्ता लिन विशेष आग्रह

फाल्गुन १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend