Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १९, २०८२
In मनोरन्जन
0

१९ चैत,काठमाडौं । नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक गरिएको छ ।बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण पक्षले एक्सन प्रधान ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेट भन्दा लामो ट्रेलरमा अन्याय विरुद्ध लड्ने पात्रको कथा देखाइएको छ । प्रेम, बदला र भावनात्मक उतार चढावलाई पनि ट्रेलरमा समेटिएको छ ।

साहिल खानले तयार पारेको ट्रेलरमा अभिनेता विराज भट्ट हाबी देखिएका छन् । पश्चिमेली लवजमा प्रस्तुत भएका उनी श्रीमती (सुपुष्पा भट्ट)को हत्याको बदला लिन भिलेनहरूसँग लडिरहेका देखिन्छन् । ट्रेलरमा उनको हिंसक अवतारसँगै भावनात्मक पक्ष पनि देखाइएको छ । विराज र सुशील श्रेष्ठबीचको टकरावको दृश्यले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ ।


फिल्मले सुन, पैसा र जनावरको अवैध चोरी निकासीलाई मुख्य विषय वस्तु बनाएर प्रेम र पारिवारिक कथा प्रस्तुत गर्ने संकेत ट्रेलरले दिएको छ । विराजको छोरीको भूमिकामा दिव्या रायमाझी देखिएकी छन्, जसको सुशीलसँग प्रेम रहेको देखाइएको छ । स्व.सुनिल थापा भिलेनको भूमिकामा प्रस्तुत भएका छन् । ट्रेलरले एक्सन प्रति रुचि राख्ने दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।


माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ लगायतको अभिनय रहेको छ ।


फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता तथा मोती कार्की क्रियटिभ निर्मातामा छन् ।निर्देशक चन्द स्वयंको लेखन रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, सियोन श्रेष्ठको कोरियोग्राफी, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पाश्र्व संगीत छ । यो फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत यतिबेला सर्वाधिक चर्चामा छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३
मनोरन्जन

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

चैत्र १७, २०८२
मनोरन्जन

ठमेलको एलओडीमा विनोद राठोड र अनीश ओकेलीको महासंगम

चैत्र ७, २०८२
मनोरन्जन

चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक

चैत्र ४, २०८२
मनोरन्जन

‘लालीबजार’को गीत ‘मायालाई के दिउँ म बैना’ सामाजिक सञ्जालमा ट्रेन्डिङ

चैत्र ३, २०८२
मनोरन्जन

अदालती बहस देखि संगीतको धुन सम्म: सरकारी वकिलको एउटा ‘प्रेमकथा’

फाल्गुन १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend