१५ जेठ ,काठमाडौँ : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । विसं २०६५ जेठ १५ गते जन-निर्वाचित संविधान सभाको पहिलो बैठकले २४० वर्ष देखि नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिन लाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।
नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र संघर्ष का उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष पूरा भएको छ ।
जेठ १५ लाई नेपाली जनताले स्वतन्त्रता, उदार सामाजिक न्याय सहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र र नागरिक सर्वोच्चता प्राप्त गरेका थिए। गणतन्त्र दिवस लाई वंशियतन्त्र लाई जनताले जितेको उत्सवका रूपमा पनि लिइन्छ ।
जनअपेक्षा र जनभावना अनुरूप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना हो । यसलाई लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिन्छ । विश्वमा अभ्यासमा रहेका शासन व्यवस्था मध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम मानिन्छ ।
१८ औँ गणतन्त्र दिवसको अवसरमा मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्