Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ७, २०८२
In दिवस
0

७ चैत,जनकपुर : आज नेपाल सहित विश्वभर ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। यस वर्ष नेपालमा ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको हो।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माका अनुसार दिवसको अवसरमा आज काठमाडौँको बबरमहल देखि बुद्धनगर सम्म विशेष सचेतनामूलक ¥यालीको आयोजना गरिएको छ। विभिन्न दलित तथा नागरिक संघसंस्थाहरूको सहकार्यमा बिहान ११ बजे बाट सुरु हुने उक्त ¥याली बुद्धनगरमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेको छ।

यसैगरी, दलित मुक्ति आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने शहीद तथा योद्धाहरूको स्मरणमा आज साँझ ५:३० बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने भएको छ। संयुक्त राजनीतिक दलित संघर्ष समितिको अगुवाइमा आयोजना हुने यस कार्यक्रमले विभेद विरुद्धको ऐक्यबद्धता प्रकट गर्ने लक्ष्य राखेको छ।

सन् १९६० को दशकमा ल्याटिन अमेरिकी मुलुकहरूमा गोरा शासकहरूको उपनिवेशवाद र रंगभेद विरुद्धको संघर्षमा ज्यान गुमाउनेहरूको सम्झनामा यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र संघको महासभाले सन् १९६६ मा मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका रूपमा घोषणा गरेको थियो।

नेपालले सन् १९७१ मै यस सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई पक्ष राष्ट्रका रूपमा अनुमोदन गरे पनि सन् २००१ देखि मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो। २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरिनुका साथै २०६८ मा ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन’ समेत पारित भएको थियो। यद्यपि, कानुनी रूपमा जातीय विभेद दण्डनीय भए पनि व्यवहारमा कार्यान्वयनको पाटो फितलो हुँदा अझै पनि दलित समुदायले विभिन्न स्वरूपका विभेदहरू झेल्नु परिरहेको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

दिवस

आज विश्व अटिजम दिवस

चैत्र १९, २०८२
दिवस

आज ‘विश्व मूर्ख दिवस’ मनाइँदै, रमाइलो र ठट्टाको दिन

चैत्र १८, २०८२
दिवस

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १६औँ स्मृति दिवस

चैत्र ७, २०८२
दिवस

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२
दिवस

देशभर विभिन्न कार्यक्रम गरी मनाइयो ‘विश्व रेडियो दिवस’

फाल्गुन १, २०८२
दिवस

संकटमा सिमसार: संरक्षणको चुनौती र चेतना जगाउँदै विश्व सिमसार दिवस मनाइँदै

माघ १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend