Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

संकटमा सिमसार: संरक्षणको चुनौती र चेतना जगाउँदै विश्व सिमसार दिवस मनाइँदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १९, २०८२
In दिवस
0

१९ माघ,काठमाडौं । मानवीय अतिक्रमणका कारण प्राकृतिक सिमसार क्षेत्रहरू संकटमा पर्दै गएका बेला आज नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व सिमसार दिवस मनाइँदैछ। सिमसारको महत्त्व बुझाउन र यसको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो।

जैविक विविधताको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिने सिमसारले बाढी, पहिरो, अतिवृष्टि र अनावृष्टि जस्ता प्राकृतिक प्रकोप विरुद्ध प्राकृतिक सुरक्षा कवचको रूपमा काम गर्दछ। विश्वको करिब ३ अर्ब जनसङ्ख्याले उपभोग गर्ने चामल सिमसार क्षेत्रकै दलदले माटोमा उत्पादन हुने भएकाले यसको आर्थिक र खाद्य सुरक्षाको महत्त्व समेत उत्तिकै छ।

नेपालको तराई क्षेत्रका सिमसारहरू जैविक विविधताको भण्डार नै मानिन्छन्। राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार यी क्षेत्रमा ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमा १५ प्रजाति दुर्लभ छन्), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन्।

नेपालको कुल ६० हजार ५६१ हेक्टर क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वको ‘रामसार’ सूचीमा सूचीकृत छ। सन् १९८७ डिसेम्बर १७ मा पहिलो पटक कोसी टप्पु वन्यजन्तु आरक्षलाई यस सूचीमा समावेश गरिएको थियो।हाल सम्म नेपालका १० वटा क्षेत्रहरू रामसार सूचीमा समेटिएका छन्।

जसमा कोसी टप्पु सहित बिसहजारी ताल, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा ताल, शे-फोक्सुण्डो, गोसाइँकुण्ड, गोक्यो, माइ पोखरी र पोखरा उपत्यकाका तालहरू रहेका छन्। यति धेरै प्राकृतिक सम्पदा भएता पनि पछिल्लो समय बढ्दो सहरीकरण र मानवीय हस्तक्षेपका कारण यी अमूल्य रामसार क्षेत्रहरू विस्तारै मासिँदै जानु संरक्षणविद्हरूका लागि चिन्ताको विषय बनेको छ।

  • 34shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

दिवस

आज विश्व अटिजम दिवस

चैत्र १९, २०८२
दिवस

आज ‘विश्व मूर्ख दिवस’ मनाइँदै, रमाइलो र ठट्टाको दिन

चैत्र १८, २०८२
दिवस

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १६औँ स्मृति दिवस

चैत्र ७, २०८२
दिवस

आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस

चैत्र ७, २०८२
दिवस

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२
दिवस

देशभर विभिन्न कार्यक्रम गरी मनाइयो ‘विश्व रेडियो दिवस’

फाल्गुन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend