१ फागुन,काठमाडौं । सूचना, शिक्षा र मनोरञ्जनको भरपर्दो माध्यमका रूपमा रेडियोले पुर्याएको योगदानको कदर गर्दै आज (फेब्रुअरी १३) देशभर विभिन्न कार्यक्रमका साथ ‘विश्व रेडियो दिवस’ मनाइएको छ।
सन् २०११ मा युनेस्कोले घोषणा गरे अनुरूप हरेक वर्ष फेब्रुअरी १३ लाई रेडियो दिवसका रूपमा मनाउने गरिन्छ। आजको दिन नेपालभरका रेडियोकर्मी, सञ्चार संस्था र श्रोताहरूले अन्तरक्रिया, सचेतनामूलक र्याली र विशेष प्रसारणका साथ यो दिवस मनाएका छन्।
सन् १८९४ मा इटालीका वैज्ञानिक गुग्लिएल्मो मार्कोनीले आविष्कार गरेको रेडियो प्रविधिले विश्वको सञ्चार क्षेत्रमा ठूलो क्रान्ति ल्याएको थियो। नेपालको सन्दर्भमा रेडियो नेपालको स्थापना पछि यो माध्यम झनै सशक्त बनेको हो। विशेषगरी वि.सं. २०७२ को महाभूकम्प र अन्य विपद्का समयमा रेडियोले खेलेको जीवनरक्षक भूमिकाको आज पनि सर्वत्र चर्चा गरियो।
डिजिटल प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रभावका बीच पनि रेडियो अझै पनि सबैभन्दा सुलभ, विश्वसनीय र प्रभावकारी सञ्चार माध्यमका रूपमा अडिग रहेको निष्कर्षका साथ आजको दिवस समापन गरिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्