Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रधानमन्त्रीको एक हप्ता : चित्रकलामा रमाइलो, संसदमा सन्नाटा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २४, २०८२
In आलेख
0

(आकांक्षा धामी),२४ जेठ,काठमाडौं : नेपाल अहिले गम्भीर राजनीतिक अस्थिरताको दोभानमा उभिएको छ । गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा प्रतिपक्षले सदन अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने ‘आत्मरतीपूर्ण’ गतिविधिमा व्यस्त छन् । संसदको गतिरोध हटाउन उनी असफल जस्तै बनिरहेका छन् ।

प्रधानमन्त्री ओलीले हप्ता दिन भित्र संसद चलाउने आश्वासन दिएका थिए । उनले प्रतिपक्ष सँग संवादको प्रयत्न गरेको भन्दै आफूलाई संवाद प्रति प्रतिबद्ध देखाउने प्रयास गरे ।

तर यथार्थमा, उनले प्रतिपक्ष सँग गहिरो राजनीतिक सहकार्यको वातावरण बनाउन सक्ने नेतृत्व क्षमता देखाउन सकेनन् । माओवादी केन्द्रका अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्पर्कमा नआएको भन्दै गुनासो गरिरहेका छन् ।

ओलीको अभिव्यक्ति, ‘गृहमन्त्रीमाथि कुनै छानबिन छैन, त्यसैले राजीनामा माग अनुचित हो,’भन्ने जस्तो बचाउपूर्ण भनाइ, सत्ता दुरुपयोगको गन्ध दिन्छ । एउटा मन्त्री माथि जनचासो बढ्दो छ, संसद ठप्प छ । तर प्रधानमन्त्री भने चित्रकला प्रदर्शनी र मन्च केन्द्रीत मन्तव्यमा दौडधुप गरिरहेका छन् ।

जेठ २० गते प्रधानमन्त्री चित्रकला प्रदर्शनीमा रमाइरहँदा संसद अघिल्तिर ‘धुलो’ उडिरहेको थियो । नारच्याङमा हिमाल आरोहणको महोत्सवको ‘हीरक उत्सव’ मनाउने बेला प्रतिपक्षले गणतान्त्रिक व्यवस्था र जवाफदेहिता माग्दै संसदको मूल ढोका घेरेका थिए ।

उता, संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरुसँगको छलफल र नवप्रवर्तकहरु सँगको अन्तरक्रिया लाई उनले उद्यमशीलताको महिमा मण्डनमा प्रयोग गरे । तर प्रश्न यत्ति हो – जब सदन ठप्प छ, विधिको शासन संकटमा छ, तब नवप्रवर्तन र रोजगारीको कुरा कत्तिको यथार्थपरक छ ?

ओली नेतृत्वले पछिल्लो हप्ता जनता प्रति उत्तरदायी शासन होइन, भाषण प्रधान सत्ता सञ्चालन गरेको आरोप लागिरहेको छ । संवादमा विफल, सदन सञ्चालनमा असफल र सार्वजनिक असन्तोष प्रति गम्भीर नभएको ओली सरकार लोकतान्त्रिक उत्तरदायित्व बाट टाढा पुग्दै गएको आरोप पनि खोपिरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले यो हप्ता जेठको १९ गते एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्न  बानेश्वर पुगे । जहाँ उनले  गृहमन्त्री रमेश लेखकको राजीनामा लाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताए ।

ओलीले मङ्गलबार देखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताए तर  अहिले सम्म संसद सुचारु हुन सकेको छैन ।  ‘भोलि देखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनु भएन । वार्ता संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनु हुन्छ होला । यस्तो व्यवहार सँधै चल्दैन । संसद यस्ता नचाइने कुरामा सँधै बन्द हुँदैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्री माथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यस कारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । माननीय ज्यूहरु तयार भएर बस्नुस् । भोलि देखि सदन चल्छ ।’

यसैगरी जेठ २० गते ओलीले चित्रकला प्रदर्शनी अवलोकन गरे । ओलीले चित्रकार ह रिप्रसाद शर्माको ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको अवलोकन गरेका थिए ।

जेठ २० गते  नै  अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा सहभागि हुन पुगे  । जहाँ उनले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताए ।

‘हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘अन्नपूूर्ण लगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको छ ।’

जेठ २१ गते प्रधानमन्त्रीले संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीहरु सँग छलफल गरे । ओली सँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भयो ।

जेठ २१ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तक युवा सँग अन्तरक्रिया कार्यक्रममा सहभागि भए । जहाँ उनले उद्यमशीलताको विकासबिना रोजगारीको अवसर सिर्जना नहुने बताए ।

उनले भने, ‘मैले धेरै पहिला देखि भनिरहेको छु अहिले पनि त्यही भन्छु उद्यमशीलताको विकास गर्नु पर्छ । उद्यमशीलताको विकास नगरीकन रोजगारीको अवसर कहाँबाट आउँछ ? हामीले सरकारी जागिर मात्र खोज्ने हो भने त कहिले एउटा रिटाएर होला र मौका पाउला भनेर बस्नु पर्छ । यो त सिमित हो । एक प्रतिशतले पाउने हो जागिर  । त्यसैले उद्यमशीलताको विकास बाहेक अरु कुनै उपाए छैन् ।’

यसै गरी जेठ २३ गते काठमाडौं महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्य सहित स्थानीयबासीको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरे । भेटमा ओलीले  ऐतिहासिक सुन्धारा र पूरानो धरहराको अवशेष लाई संरक्षण गर्न आवश्यक रहेको बताएका थिए ।

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend