Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १०, २०८२
In मनोरन्जन
0

१० असार,काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ ।सोमबार सार्वजनिक टाइटल भिडियोमा यो सिनेमा आगामी मंसिर १२ गते बाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

निर्देशक एकता पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो सिनेमा स्वर्गिय निर्देशक शिव रेग्मी मामाप्रति समर्पित रहेको उल्लेख गरेकी छन् । निर्देशक पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।

न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यस अघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन् ।

सम्पुर्ण छायांकन चितवनमा नै गरिएको सिनेमाको अहिले धमाधम पोष्ट प्रोडक्सनको काम भैरहेको छ । आफु र आफ्नो टिमले ‘हर्ष’ दर्शकलाई उत्कृष्ट सिनेमा दिने प्रयास रहेको बताउँछिन् । सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापितको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । पारिवारिक सामाजिक कथा पस्किने सिनेमामा आलोक शुक्लाको छयांकन, समीर÷हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन् । गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को मोसन टिजर सार्वजनिक

साउन ७, २०८२
मनोरन्जन

अमिताभ बच्चनको निवास अघि प्रशंसकहरूले गरे जय जयकार

साउन ५, २०८२
मनोरन्जन

चलचित्र ‘मिरमिरे’को छायांकन सुरु

असार २१, २०८२
मनोरन्जन

‘लालीबजार’ स्वस्तिमा, आगामी फागुन १ गते प्रदर्शनमा आउने

असार १०, २०८२
मनोरन्जन

अभिनेता धर्मेन्द्रले गरे योगको तारिफ, मोदी र रामदेवलाई दिए धन्यवाद

असार ७, २०८२
मनोरन्जन

चलचित्र ‘महाभोज’ को कथाले दर्शकहरू भावुक र आक्रोशित

असार ४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

सुक्खाग्रस्त क्षेत्रमा राहत पुर्‍याउन मधेश प्रदेश ऊर्जा मन्त्रालयको आठबुँदे योजना

साउन १४, २०८२

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

साउन १४, २०८२

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर भरि सुनामीको चेतावनी जारी

साउन १४, २०८२
sun

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

साउन १४, २०८२

मधेश प्रदेशमा डिप बोरिङ जडानको तयारी शुरु गर्न निर्देशन

साउन १३, २०८२

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध मुद्दा दर्ता

साउन १३, २०८२

जनकपुरमा किशोरीको हत्या, दुई जना घाइते

साउन १३, २०८२

बेलायतको पशुपतिनाथ मन्दिरमा साउनको विशेष चहल पहल, भजन–कीर्तन र पूजा–आराधनामा भक्तजनको घुइँचो

साउन १३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend