Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सुक्खाग्रस्त क्षेत्रमा राहत पुर्‍याउन मधेश प्रदेश ऊर्जा मन्त्रालयको आठबुँदे योजना

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १४, २०८२
In प्रदेश
0

जनकपुर, मधेश प्रदेश। मधेश प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिममा परेका समुदायहरूलाई लक्षित गर्दै राहत कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।

निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालय अन्तर्गतका विकास साझेदार र विषयगत प्रतिनिधिहरूको सहभागितामा बसेको बैठकले आठबुँदे कार्ययोजना पारित गरेको हो।

बैठकले दुई दिनभित्र विकास साझेदारहरूको क्षमता र कार्यक्षेत्रको नक्शा तयार पारेर समितिमा बुझाउने, अति जोखिममा परेका परिवारको पहिचान गरी तुरुन्त राहत प्रदान गर्ने, र पालिका तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्यमा कार्य अघि बढाउने निर्णय गरेको छ।

त्यस्तै, जहाँ डिप बोरिङ वा स्यालो ट्युबवेल आवश्यक हुन्छ, त्यस्ता स्थानहरूमा दोहोरोपना नदोहोरिने गरी प्राथमिकता निर्धारण गरिनेछ र त्यसका लागि सम्बन्धित विपद् समितिसँग समन्वय गरिनेछ।

बैठकले वैकल्पिक कृषिको प्रवर्द्धनमा निजी क्षेत्र, विकास साझेदार र सरकारले संयुक्त दीर्घकालीन योजना सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएको छ।त्यसै गरी चुरे क्षेत्रको संरक्षण तथा प्रवर्द्धन, र सात दिन भित्र सुक्खाग्रस्त क्षेत्रको विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना तयार पार्ने निर्णय समेत गरिएको निमित्त सचिव खंगले जानकारी दिएका छन्।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

मधेश प्रदेशमा डिप बोरिङ जडानको तयारी शुरु गर्न निर्देशन

साउन १३, २०८२
प्रदेश

मधेश प्रदेशमा ‘घरधुरी बीमा’ र ‘नागरिक बीमा’ कार्यक्रम शुरु

साउन १२, २०८२
प्रदेश

मधेश प्रदेश तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

साउन ७, २०८२
प्रदेश

मुख्यमन्त्री सिंह र संघीय मन्त्री प्रदीप यादवबीच भेट: मधेशमा खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

असार ३२, २०८२
प्रदेश

मुख्यमन्त्री सिंह द्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि संघीय सरकार र दातृ निकायलाई सहयोगको आग्रह

असार ३१, २०८२
प्रदेश

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

असार २७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

सुक्खाग्रस्त क्षेत्रमा राहत पुर्‍याउन मधेश प्रदेश ऊर्जा मन्त्रालयको आठबुँदे योजना

साउन १४, २०८२

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

साउन १४, २०८२

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर भरि सुनामीको चेतावनी जारी

साउन १४, २०८२
sun

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

साउन १४, २०८२

मधेश प्रदेशमा डिप बोरिङ जडानको तयारी शुरु गर्न निर्देशन

साउन १३, २०८२

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध मुद्दा दर्ता

साउन १३, २०८२

जनकपुरमा किशोरीको हत्या, दुई जना घाइते

साउन १३, २०८२

बेलायतको पशुपतिनाथ मन्दिरमा साउनको विशेष चहल पहल, भजन–कीर्तन र पूजा–आराधनामा भक्तजनको घुइँचो

साउन १३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend