Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ३०, २०८२
In प्रदेश
0

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनलले आज मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आज प्रदेश प्रमुख कार्यालयमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनललाई शपथ ग्रहण गराएकी हुन् । सोही अवसरमा दुई जना बिना विभागीय मन्त्री जनमत पार्टीका महेश यादव र नेकपा (एकीकृत समाजवादी)का कनिस पटेलले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूको मन्त्रालय पछि तोकिने बताइएको छ ।

सोनललाई बुधबार साँझ प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनले बुधबार बिहान सरकार गठनका लागि दाबी पेश गरेका थिए, जसमा जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा (एस)का ७ जना सांसदको समर्थन रहेको उल्लेख थियो । यो समर्थन प्रदेश सभाको बहुमतका लागि आवश्यक ५४ भन्दा दुई बढी हो ।

बारा–४ (ख) बाट निर्वाचित सोनल यसअघि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रीका रूपमा कार्यरत थिए । आठ वर्षको अवधिमा उनी प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन् ।

स्रोतका अनुसार सोनल नेतृत्वको गठबन्धनमा जसपालाई चार, जनमत पार्टीलाई तीन, माओवादी केन्द्रलाई दुई, लोसपा र नेकपा (एस)लाई एक–एक मन्त्रालय दिने सहमति भएको छ । यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका सतिश कुमार सिंहले समर्थन फिर्ता गर्दै पदबाट राजीनामा दिएका थिए, जसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

अशोज २९, २०८२
प्रदेश

मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा, नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान

अशोज २८, २०८२
प्रदेश

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वास मत लिने

अशोज २४, २०८२
प्रदेश

कांग्रेसको नेतृत्वमा मधेश प्रदेश सरकारको दाबी पेश

अशोज २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal