Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश प्रदेशमा डिप बोरिङ जडानको तयारी शुरु गर्न निर्देशन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १३, २०८२
In प्रदेश
0

१३ साउन,जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेश प्रदेशका किसानहरूलाई सिँचाइको सुविधा उपलब्ध गराउने उद्देश्यले डिप बोरिङ जडानको तयारी तत्काल शुरु गर्न निर्देशन दिएका छन्।

मंगलबार जनकपुरधाम स्थित प्रादेशिक वितरण केन्द्रमा आयोजित बैठकमा उनले विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरू सँग छलफल गर्दै सात दिन भित्र आवश्यक गृहकार्य पूरा गर्न निर्देशन दिए। सिँचाइको मुख्य समय अब केवल एक महिना मात्र बाँकी रहेको उल्लेख गर्दै शाक्यले स्थान छनोट, ट्रान्सफर्मर जडान लगायतका कामलाई तीव्रता दिन आग्रह गरे।

शाक्यले किसानहरूले माग गर्नु अघि नै सम्बन्धित स्थानीय तह र निकाय सँग समन्वय गरी बोरिङ जडान गरि सक्नु पर्नेमा जोड दिए। आवश्यक परेमा सीमावर्ती क्षेत्र बाट अतिरिक्त ट्रान्सफर्मर ल्याउने व्यवस्था पनि मिलाइने जानकारी दिए।

बोरिङ जडान पछिको विद्युत सेवा न्यूनतम शुल्कमा उपलब्ध गराइने शाक्यले स्पष्ट पारे। “८ रुपैयाँमा खरिद गरिएको बिजुली निःशुल्क दिन सकिन्न, तर न्यूनतम शुल्क लिएर सेवा दिने व्यवस्था मिलाइन्छ,” उनले भने। यस सम्बन्धमा स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्दै शुल्क असुलीको प्रक्रिया पनि अघि बढाइने उनले बताए।

  • 50shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
प्रदेश

मुख्यमन्त्री यादव द्वारा १०० दिनको उपलब्धि सार्वजनिक, ५१ योजना अघि बढेको दाबी

चैत्र ३, २०८२
प्रदेश

रविदास जयन्तीमा मधेश प्रदेशमा सार्वजनिक बिदा, दुबईमा रहेका नेपालीले पनि स्वागत गरे निर्णय

माघ १५, २०८२
प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend