Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चलचित्र ‘मिरमिरे’को छायांकन सुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २१, २०८२
In मनोरन्जन
0

२१ असार,काठमाडौं । चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौं बाट शुक्रबार छायांकनमा निस्किएको थियो ।

शनिबारबाट चलचित्रको छायांकन सुरु भएको हो । निर्माण पक्षले पनौती नगरपालिका ११ बल्थली स्थित लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकनको थालनी गरेको हो ।

‘चलचित्र ‘मिरमिरे’को काभ्रेपलाञ्चोक बाट छायांकन सुरु भएको छ । आजबाट सुरु भएको छायांकन हामी करिब ३५ दिन खिच्ने छौँ,’ निर्देशक यम शेर्पाले भने । उनका अनुसार सिनेमाको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।

यार्सा फिल्म्सको प्रस्तुति रहने यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा रहेका छन् ।

चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।प्रकाश र दयाहाङको यो पहिलो हिकार्य हो । यमले भने दयाहाङ सँग दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यस अघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङले काम गरेका थिए ।

निर्माणपक्षले चलचित्रको कथा बारे केही खुलाउन चाहेका छैनन् । ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । चलचित्रका छायाँकार आलोक शुक्ला हुन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’ का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

सुदिप कुँवरको मुख्य सहायक निर्देशक रहेको चलचित्रमा सञ्जु थलाङ लिम्बुको मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।‘मिरमिरे’ २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को मोसन टिजर सार्वजनिक

साउन ७, २०८२
मनोरन्जन

अमिताभ बच्चनको निवास अघि प्रशंसकहरूले गरे जय जयकार

साउन ५, २०८२
मनोरन्जन

‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा

असार १०, २०८२
मनोरन्जन

‘लालीबजार’ स्वस्तिमा, आगामी फागुन १ गते प्रदर्शनमा आउने

असार १०, २०८२
मनोरन्जन

अभिनेता धर्मेन्द्रले गरे योगको तारिफ, मोदी र रामदेवलाई दिए धन्यवाद

असार ७, २०८२
मनोरन्जन

चलचित्र ‘महाभोज’ को कथाले दर्शकहरू भावुक र आक्रोशित

असार ४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

सुक्खाग्रस्त क्षेत्रमा राहत पुर्‍याउन मधेश प्रदेश ऊर्जा मन्त्रालयको आठबुँदे योजना

साउन १४, २०८२

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

साउन १४, २०८२

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर भरि सुनामीको चेतावनी जारी

साउन १४, २०८२
sun

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

साउन १४, २०८२

मधेश प्रदेशमा डिप बोरिङ जडानको तयारी शुरु गर्न निर्देशन

साउन १३, २०८२

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध मुद्दा दर्ता

साउन १३, २०८२

जनकपुरमा किशोरीको हत्या, दुई जना घाइते

साउन १३, २०८२

बेलायतको पशुपतिनाथ मन्दिरमा साउनको विशेष चहल पहल, भजन–कीर्तन र पूजा–आराधनामा भक्तजनको घुइँचो

साउन १३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend