१३ साउन,जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक गए राति भएको धारिलो हतियार आक्रमणमा एक किशोरीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
हतियार प्रहार बाट १४ वर्षीया अञ्चली यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनी ३६ वर्षीया आशा यादवकी छोरी हुन्। घटनामा आमा आशा यादव तथा अञ्चलीकी भतिजी राधा यादव घाइते भएका छन्।

दुवै घाइते लाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि भर्ना गरिएको छ।मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमा चतुर्वेदीका अनुसार घटना राति करिब ११ बजे भएको हो। अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हाल घटनाको अनुसन्धान तीव्र पारिएको र आक्रमणकारीको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्