१६ असार,काठमाडौं । मुलुकमा पहिलो पटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार संसद दिवस मनाइँदै छ ।देशमा प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमनिर्वाचन बाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो ।
मुलुकमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ ।पहिलो संसदले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ गते सम्म सभामुखको भूमिकामा क्रियाशील थिए ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरे पछि जन-निर्वाचित संसद भंग भएको थियो ।



















आफ्नो प्रतिकृया दिनुहोस्