२१ असार,जनकपुर । आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ ।
‘सहकारी: राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व’ भन्ने नाराका साथ यसवर्ष विश्व सहकारी दिवस मनाइदैँ छ । यो नाराले सहकारी संस्थाहरूको भूमिका विशेष गरि असमानता हटाउन, गरिबी निर्मूल गर्न, रोजगारी सिर्जना गर्न अनि वातावरणको संरक्षण गर्न असाध्यै महत्वपूर्ण हुन्छ भन्ने कुरा जनाउँछ ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ ले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसंघ ले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखी संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो ।
सहकारीलाई समान इच्छा, आकन्क्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधि द्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध प्रयासको रुपमा पनि लिइने गरिन्छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्