Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

“नेपालमा २० प्रजातिका कोदो, तर हाइब्रिडमै सीमित सरकारी ध्यान”

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १७, २०८२
In आलेख
0

(प्रमिला कार्की)१७ साउन,काठमाडौं । कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बाली हो । कोदोमा प्रोटिन, फाइबर, एन्टिअक्सिडेन्ट प्रशस्त हुनुका साथै नसर्ने रोगहरूको जोखिम घटाउने क्षमता समेत हुन्छ ।त्यसैले पनि कोदोलाई बहुगुणी अन्नका रुपमा पनि चिनिन्छ । ‘गरिबको खाना’ का रूपमा मात्र सिमित राख्दा कोदोको उत्पादन उपेक्षामा परेको थियो ।

तर केही समय यता कोदो उच्च प्राथमिकतामा पर्न थालेको छ । विभिन्न होटलहरुमा समेत कोदोको ढिँडो, मःम, पिज्जा, रोटी जस्ता विभिन्न परिकारहरु बनाउन थालिएको छ ।त्यति मात्र होइन,सरकारले कोदोको प्रवर्धन को लागि यस वर्ष देखि साउन १६ लाई राष्ट्रिय कोदो दिवस घोषणा गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्न सुरु गरेको छ ।

शुक्रबार सरकारले ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी प्रथम राष्ट्रिय कोदो दिवस मनायो । नेपाल उद्योग वाणिज्य महासंघका कृषि उद्यम केन्द्रका सभापति र कोदो तथा फापर संघका अध्यक्ष डिबी बस्नेतले अहिले नेपालमा २० प्रजातिका कोदोहरु उत्पादन भइरहेको जानकारी दिए ।

जस मध्ये कतिपय लोप हुँदै गइरहेको बताउँदै उनले अहिले हाईब्रिडको बिऊहरुले प्राथमिकता पाउँदै गएको बताए ।उनले भने,‘अहिले हेर्दा नेपालमा पाइने कोदो झण्डै २० प्रजातिका कोदोहरु छन् । तर ति कतिपय लोप हुने अवस्थामा पनि छन् । परम्परागत रैथाने बालीहरु विस्तारै लोप हुँदै गइरहेको छन् । हाईब्रिडको बिऊहरुले प्राथमिकता पाउँदै गरेका छन् ।’

कोदोको महत्व सरकारले बुझेर साउन १६ लाई कोदो दिवस मनाउने घोषणा गर्नु एकदमै सान्दर्भिक रहेको उनी बताउँछन् ।‘ कोदोको महत्व सरकारले बुझेर नै साउन १६ लाई कोदो दिवस मनाउने भनेर घोषणा गरेको छ । पौष्टिकतामा कोदोको जुन खालको महत्व छ त्यसलाई अहिले सरकारले पनि महशुस गर्यो ।’

कोदो खेतीलाई एकदमै सान्दर्भिक बनाउन आवश्यक रहेको बताउँदै उनले पहाडतिर मानिसको बस्ती विस्तार पातलो हुँदै गएका कारणले उत्पादनमा अप्ठ्यारो भएको सुनाए ।‘कोदो खेतीलाई एकदमै सान्दर्भिक बनाउनु पर्छ । केही पहाडी क्षेत्रमा हुने कोदो बस्ति विस्तार पातलो हुँदै गएका कारणले अलि अप्ठ्यारो भएको छ । तर कोदो खेतीलाई अगाडि बढाउन सरकार सँग मिलेर हामी काम गर्छौं ।’

नेपालमा कोदोको बजारीकरणमा कुनै समस्या नरहेको दाबी गर्दै उनले उच्च मूल्य प्राप्त गर्ने खालको उत्पादनमा जुट्ने प्रतिबद्धता जनाए ।नेपाली उत्पादनले नेपाली बजारमा नै नपुग्दा आयात गर्नु पर्ने बाध्यता रहेकाले नेपालको उत्पादनले नै पुग्ने गरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘तर बजारीकरणको त्यति धेरै समस्या छैन । बाहिरबाट पनि आयात भइरहेको छ । यसलाई उच्च मूल्य प्राप्त गर्ने खालको उत्पादन सुरु हामी गर्छौं । बिस्कुट, केक जस्ता खाद्यबस्तु उत्पादन भइरहेको छ । कोदोको उत्पादन बढाउन रासायनिक मल प्रयोग नगरेको राम्रो हो । नेपाली उत्पादनले नेपाली बजारमा नै पुगेको छैन । यो वर्ष पनि झण्डै ७२ करोड जतिको कोदो बाहिरबाट नेपाल आइसकेको छ । तर केही कम्पनीहरुले बाहिर पनि पठाइ रहनु भएको छ । नेपालको उत्पादनले पुग्ने गरी हामी अगाडि जानु पर्छ ।’

त्यस्तै, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, प्रमुख केशब देवकोटाले स्वास्थ्यमा कोदोको परिकारको प्रयोय एकदमै महत्वपूर्ण रहेको प्रष्ट पारे ।उनले भने,‘कोदोमा पौष्टिक तत्व बढी हुन्छ । प्रोटिन धेरै पाइन्छ चामलको तुलनामा यो धेरै उपयोगी छ । क्याल्सियम, पोटासियम पनि एकदमै बढी रुपमा पाइन्छ ।’ उनले भने,‘धान लगाउने सिजनमा नै कोदोको खेती लगाउन सकिन्छ । विशेष गरेर पाखो बारीहरुमा सहजै लगाउन सकिन्छ । धेरै पानी पनि आवश्यक पर्दैन् । मेहेनत पनि धेरै गर्न पर्दैन् । अहिले मधेसमा पानी नपर्नाले धान रोपाँइ सोचेजति हुन सकेको छैन । यस्तो अवस्थामा कोदो रोप्न सक्छौं ।’

‘नेपालमा पहाडी क्षेत्रहरु धेरै भएकाले पाखोबारीलाई सदुपयोग गर्न सकिन्छ । उत्पादन पनि बढाउन सक्छौं । जलवायुमैत्री बालीको रुपमा विस्तार गर्न सक्छौँ । हिजो आज सहरका मानिसहरुले कोदोलाई खोजी खोजी खान थालेका छन् । त्यसैले यसलाई विविधिकरण गर्ने, परिकारहरु बनाउने कामहरु भइरहेका छन् । होम स्टेहरुमा झनै लोकप्रिय भएको छ,’उनको भनाइ छ ।

सामान्य मेहेनतले पनि कोदो उत्पादन हुने भएकाले कोदो उपयोगी र सजिलो बाली रहेको विज्ञहरुको भनाइ छ । तर अब कोदोको विकास र प्रवर्धन गर्ने खालका नीतिहरु ल्याउनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।कोदो अहिले २ लाख २५ हजार हेक्टर जमिनमा खेती भइरहेकाले आयात घटाएर निर्यात बढाउनु पर्ने सरोकारवालाहरुको भनाइ छ ।

यति बेला नेपालमा कोदोे ठूलो मात्रामा आयात र न्यून निर्यातबाट गुज्रिएको अवस्थामा रहेको विज्ञहरुको भनाइ छ ।कृषि तथ्याङ्क आर्थिक वर्ष २०८०/८१ अनुसार दुई लाख २४ हजार ८ सय ३५ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको छ । भने तीन लाख सात सय मेट्रिक टन कोदो उत्पादन भएको छ ।

७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८,३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात भएको छ भने ९४ लाख बराबरको ७० मेट्रिक टन मात्र निर्यात भएको छ । यसरी सरकारले कोदोलाई प्राथमिकतामा राख्ने यो पहलले उत्पादन बढाई आयातमा कमि हुने सम्भावना देखिएको छ ।कोदोको उत्पादन वृद्धिको लागि उत्पादन र विविधीकरणमा सरकारी तथा निजी क्षेत्रको सहकार्य अपरिहार्य देखिएको छ ।

  • 13shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३
आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend