Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गर्भपतन निर्णयमा समाजको हक? महिलाको स्वतन्त्रता संकटमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १७, २०८२
In आलेख
0

(सबिता नयाँजू ),१७ साउन, काठमाडौं । पछिल्लो समय नेपालमा गर्भपतन सम्बन्धी विषय पेचिलो बन्दै गएको छ । गर्भपतनको मुद्दा माथि निरन्तर बहस जारी छ ।  यो विषय स्वास्थ्य, कानुनी अधिकार, सामाजिक सोच र लैङ्गिक समानता सँग जोडिएको छ ।

विगतका दिनमा गर्भपतन लुकीछिपी गरिन्थ्यो, औपचारिक दर्ता नै नगरिकन गर्भपतन गराउने चलन थियो । हिजो आज सरकारी स्वास्थ्य संस्थाहरूमा सुरक्षित रूपमा गर्भपतन गराउने संख्या बढ्दो छ र यसलाई एउटा सकारात्मक परिवर्तनको रूपमा लिन सकिन्छ ।

तर अझै पनि धेरै महिला निजी अस्पताल, क्लिनिक वा गैरसूचीबद्ध स्थानहरूमा लुकी छिपी गर्भपतन गराउने गरेको प्रशस्त उदाहारण छन् । यसले उनीहरूको ज्यानलाई असुरक्षित त बनाएको छ नै समाजमाथि पनि प्रश्न उब्जिएको छ । समाजमा गर्भपतन लाई लिएर अझै पनि लाज, डर, बेइज्जतीको भावना व्याप्त रहेकाकारण पनि महिलाहरू खुलेर आफ्नो स्वास्थ्य अधिकारको प्रयोग गर्न सकिरहेका छैनन् ।

यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले समाज अझै पनि खुला हुन नसकेको भन्दै महिलाले गर्भपतन गराएको कुरा थाहा पाएपछि समाजले हेर्ने दृष्टिकोण नै फरक हुने बताए ।

उनले भने, ‘अझ पनि हाम्रो समाज खुलेको छैन् । यस कारणले पनि गर्भपतन गर्न गएको भन्ने वित्तिकै अलि बेइज्जत हुने महशुस गर्ने गर्छन् । त्यसकारणले पनि प्राय लुकेर दर्ता नभएको ठाँउमा गएर गर्भपतन गराउने गर्दछन् । यसले गर्दा पनि असुरक्षित भएको हो । यसबाट हाम्रो स्वास्थ्य सचेतना अझै कम छ भन्ने बुझिन्छ, हाम्रो समाज अझ खुलेको छैन् । बच्चा पाउने कि नपाउने भन्ने एउटा महिलाको आफ्नो अधिकारको विषय हो । यस मामलामा परिवार र समाजले अझै पनि सम्मान गरेको छैन् ।’

उनका अनुसार यही कारणले धेरै महिलाहरू असुरक्षित तरिकाले, गैरकानुनी ठाउँमा, गुपचुप रूपमा गर्भपतन गराउँछन् र महिलाको स्वास्थ्यमा गम्भीर परिरहेको छ ।सुरक्षित सेवातर्फ सरकारको पहल भएपनि जबसम्म समाजको सोच परिवर्तन हुँदैन, तबसम्म महिलाले वास्तविक रूपमा आफ्नो अधिकार प्रयोग गर्न नसक्ने पनि उनको भनाई छ ।

उनका अनुसार गर्भपतन केवल एक चिकित्सकीय प्रक्रिया नभएर एक महिला आफैंले आफ्नो जीवन, भविष्य, शरीर र परिवारबारे निर्णय गर्न पाउने अधिकार हो, यो अधिकार नेपालको कानूनी व्यवस्था भित्र राखिएको छ, तर व्यवहारमा यसको कार्यान्वयन निकै चुनौतीपूर्ण छ ।

यसको साथै, ‘महिलाका लागि महिला मञ्च नेपाल’ की कार्यकारी निर्देशक सिर्जना पुनको भनाइ अनुसार, अझै पनि नेपालमा यौन शिक्षा अपर्याप्त छ । किशोर किशोरीहरूमा यौन, प्रजनन अधिकार र सुरक्षित सम्बन्ध बारे शिक्षा नभएपछि उनीहरूले गलत निर्णय लिन सक्छन् र यसैको परिणाम स्वरुप अहिले असुरक्षित रुपमा गर्भपतन बढेको हो ।उनले नेपालको समाजमा यौन सम्बन्धी विषयलाई खुला रूपमा छलफल नगरिने भन्दै शिक्षाको कमी र समाजको प्रतिकूल व्यवहारका कारण युवतीहरू सचेत हुँदा पनि डर र लाजले असुरक्षित गर्भपतनको बाटो रोज्ने बताइन् ।

उनले भनिन्, ‘यौनका सवालमा मात्रै भन्दा पनि देशभर नै गर्भपतनको विषय उठेको छ । यसको मूल कारण भनेकै नेपालमा यौन शिक्षा एकदमै कम दिइन्छ । यसबारे कुरा पनि कमै गरिन्छ । किशोर किशोरीहरुलाई पनि यसबारे राम्रो शिक्षा नदिएपछि युवा अवस्थासम्म पुग्दा पनि यस विषयमा ज्ञान कम हुन्छ र गलत बाटोमा जान सक्छन । जसका कराण असुरक्षित गर्भपतनको समस्या बढेको हो । समाजमा यस्तो कुरालाई सहजै लिने वातावरण नभएको हुनाले पनि अस्पताल नगई गर्भपतन गर्छन् त्यसले पनि जोखिम बढाउछ । यसबारे राम्रो सचेतना पनि नभएको पनि देखिन्छ, कतिले चेतना भएर पनि लाजले यस्तो काम गरेको देखिन्छ ।’

यसले उनीहरूको जीवनमा दीर्घकालीन असर पार्न सक्ने पनि उनको भनाई छ ।यस्तै, स्त्रीरोग विशेषज्ञ डा. जितेन्द्र सिंहका अनुसार, गर्भपतनको प्रक्रिया जटिल र संवेदनशील हुन्छ, औषधि प्रयोग गरी गरिएको गर्भपतन पछि शरीरमा बाँकी रहेका पदार्थहरू हटाउन मेसिन प्रयोग गर्नु पर्छ । यस्तो मेसिनको प्रयोगले पाठेघरमा असर पुर्याउँछ, जसले भविष्यमा गर्भधारणमा समस्या आउन सक्छ ।

उनले बारम्बार गर्भपतन गर्दा अण्डा बन्ने क्षमता घट्ने, पाठेघरको बनावटमा परिवर्तन आउने र अन्ततः बाँझोपनको समस्या निम्तिन सक्ने भन्दै सुरक्षित गर्भपतन मात्र होइन गर्भपतनको आवश्यकता नै नपर्ने गरी पूर्व जानकारी र सतर्कता आवश्यक रहेको बताए ।

उनले भने, ‘असुरक्षित गर्भपतन अथवा धेरै पटक गर्भपतनले जोखिम निम्त्याउन सक्छ । गर्भपतनको लागि जुन औषधी प्रयोग गरिएको हुन्छ त्यसको केही मात्रा पाठेघरमा नै रहेको हुन्छ । त्यसलाई सफा गर्नु पर्ने हुन्छ । त्यो मेसिनले सफा गर्ने काम पनि हुन्छ । त्यो मेसिन प्रयोग गर्दा महिलाहरुको बच्चा बस्ने ठाँउमा असर पुग्न सक्छ । जसले गर्दा पछि गएर बच्चा बस्ने सम्भावना कम हुँदै जान्छ । धेरै पटक गर्भपतन गर्ने हो भने अण्डा बन्ने क्षमतामा पनि असर पर्न सक्छ । पाठेघरको बनावटमा पनि परिवर्तन आउन सक्छ । बाझोपनमा गर्भपतनको पनि केही हद सम्म हात हुन्छ । त्यसकारण असुरक्षित गर्भपतन नगर्न नै सुझाव दिन चाहन्छु ।’

नेपाल सरकारले सुरक्षित गर्भपतनका लागि निर्देशन जारी गरेको छ । सेवा प्रदायकहरूको सूचीकरण, केही अस्पतालहरूमा नि:शुल्क सेवा लगायतका प्रयासहरू गरिएको छ । तर कानूनीरूपमा गर्भपतनलाई अपवाद स्वरूप मात्रै मान्यता दिइएकाले व्यवहारमा महिलाहरू अझै पनि सजायको भागी बन्न बाध्य छन् ।

मुलुकी ऐनको एघारौं संशोधनले गर्भपतनलाई निश्चित सर्त सहित कानूनी बनाएको छ । गर्भवती महिलाको मञ्जुरीमा १२ हप्ता सम्म, बलात्कार वा हाडनाता करणीबाट गर्भ रहेमा १८ हप्ता सम्म र यदि गर्भ रहनुले आमाको ज्यानमा खतरा हुने वा शारीरिक वा मानसिक स्वास्थ्यमा असर पर्ने भएमा जुनसुकै समयमा पनि गर्भपतन गर्न पाउने अधिकार दिइएको छ । तर यो व्यवस्था ज्यान सम्बन्धी महल अन्तर्गत राखिएकाले गर्भपतन लाई अझै पनि अपराध सँग जोडिएको विषयको रूपमा लिइन्छ ।

सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयका प्रतिवेदनहरूले देखाएका छन् कि अझै पनि गर्भपतन सम्बन्धी मुद्दाहरू अदालतमा दर्ता भइरहेका छन् र महिलाहरू कैद सजाय भोगिरहेका छन् । यसले के देखाउँछ भने कानूनी अधिकार भएरपनि व्यवहारमा न्याय र अधिकार सुनिश्चित हुन सकेको छैन ।गर्भपतनलाई अपराधको रूपमा होइन, अधिकारको रूपमा लिने सोचको विकास आवश्यक छ ।

जब सम्म समाजले महिलालाई आफ्नो शरीर बारे निर्णय गर्ने स्वतन्त्रता दिँदैन, तबसम्म सुरक्षित गर्भपतन सम्भव हुँदैन । यो अधिकारको संरक्षणका लागि शिक्षा, सचेतना, सामाजिक समर्थन, र कानूनी स्पष्टता अपरिहार्य छन् । महिलाको प्रजनन अधिकार केवल कानूनी कागजमा सीमित हुनु हुँदैन, त्यो व्यवहारमा सम्मानित र कार्यान्वयनमा देखिनु जरुरी छ ।समाजले अझै पनि महिलाको शरीरलाई आफ्नो सम्पत्ति सम्झने, महिला गर्भवती हुनु, नहुनु, जन्म दिनु कि नदिनु भन्ने निर्णय उसैको हो भन्ने कुरा समाजले अझै बुझ्न सकेको छैन ।

यस्तो सोच परिवर्तन गर्न परिवार, शिक्षा संस्था, राज्य र नागरिक समाज सबै मिलेर लाग्नु पर्नेमा सरोकारवाहरुको जोड । गर्भपतनबारे खुला बहस गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने र लाज, डर, आरोपको सट्टा समर्थन, समझदारी र संवेदनशीलता आवश्यक रहेको औंल्याइएको छ ।

  • 89shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३
आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै, वाग्ले कार्यवाहक प्रधानमन्त्री

अशोज ६, २०८३

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी अनवर इब्राहिम बीच टेलिफोन संवाद

अशोज ६, २०८३

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend