Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषामा अवैध देह व्यापार बढ्दो, लज सञ्चालक सहित सात जना पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ३, २०८२
In प्रहरी खबर 
0

जनकपुर । पछिल्ला महिनाहरूमा धनुषाको विभिन्न क्षेत्रमा अवैध देह व्यापारको गतिविधि बढ्दै गएको पाइएको छ । विशेष गरी ढल्केवर र वरपरका क्षेत्रमा लज तथा डान्स बार मार्फत यस्ता क्रियाकलाप सञ्चालन हुँदै आएको स्थानीयवासीले जानकारी गराएका छन् ।

स्थानीयको उजुरी पछि प्रहरीले ती अवैध लज तथा डान्स बारहरूमा छापा मार्ने कार्यलाई तीव्र पारेको छ । सोही क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ मा प्रहरीले दुई वटा होटलमा छापा मारेर सात जना लाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केवरको संयुक्त टोलीले मानव होटल र गोदावरी होटलमा छापा मार्दा मानव होटलबाट तीन महिला, तीन पुरुष र सञ्चालक राजेन्द्र महतो पक्राउ परेका छन् । यस्तै, गोदावरी होटलबाट एक महिला र एक पुरुष पक्राउ परेका छन् भने उक्त होटलका सञ्चालक विजय राउत भने फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरू लाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ । यसै बीच, फरार रहेका सञ्चालक राउतको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

यस अघि पनि ढल्केवर र महोत्तरीको बर्दिवास क्षेत्रमा रहेका विभिन्न स्पा, मसाज सेन्टर तथा डान्स बारमा प्रहरीले कारबाही गरेको थियो । ढल्केवरका डान्स बारहरूमा भारतीय पर्यटक र युवाको भीड बढे सँगै झगडा र अव्यवस्था हुने गरेको भन्दै स्थानीयले बारम्बार गुनासो गर्दै आएका थिए ।

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रहरी खबर 

अमेरिकाबाट पठाइएको रकम र जग्गा घोटाला: जनकपुरधाममा सामाजिक संस्थाका नेता नै ठगी अभियुक्त

माघ १०, २०८२
प्रहरी खबर 

धनुषाका प्रहरी निरीक्षक ओमप्रकाश यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मानित

अशोज २६, २०८२
प्रहरी खबर 

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

अशोज २४, २०८२
प्रहरी खबर 

महानिरीक्षक खापुङ्गले गरे मौलो एवम संकल्प पूजा

अशोज १५, २०८२
प्रहरी खबर 

उल्लास होइन, दुर्घटनाको कारणबन्ने गरेको छ मदिरा: एसएसपी कार्की

अशोज १२, २०८२
प्रहरी खबर 

जेनजी आन्दोलनमा कारागारबाट फरार भएका ४ जना विदेशी नागरिक धनुषामा पक्राउ

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

अमेरिकाबाट पठाइएको रकम र जग्गा घोटाला: जनकपुरधाममा सामाजिक संस्थाका नेता नै ठगी अभियुक्त

माघ १०, २०८२

ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयद्वारा बृहत् शैक्षिक मेला–२०८२ सम्पन्न

माघ ८, २०८२

भारत द्वारा निर्वाचन सहयोग: पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण

माघ ६, २०८२

१ लाख रुपैयाँ सम्म ऋण मिनाहा गर्ने सरकारको तयारी

माघ ६, २०८२

३ लाख सम्मको ऋण मिनाहा तयारी, जनकपुरधाममा ऋणीलाई राहतको आशा

पुस ३०, २०८२

जनकपुरधामको फूटपाथ खाली गराउन पत्रकार ध्रुब झाको साहसिक अभियान

पुस २८, २०८२

जनकपुरधाममा ई–रिक्शाको विकल्पका रूपमा नगर बस सञ्चालनको तयारी

पुस २७, २०८२

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend