Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महिला फोटो पत्रकारको अनुभव : महिनावारी र हिंसा हुँदा समेत फिल्डमा खटिनु पर्छ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ३, २०८२
In आलेख
0

(मनिषा बस्नेत),काठमाडौं । नेपालको कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्या ओगटेका महिलाहरु राज्यको अन्य निकायमा जस्तै पत्रकारितामा पनि एकदमै न्यून संख्यामा सक्रिय छन् । त्यसमध्ये फोटो पत्रकारितामा औंला गणना गर्न सकिने छन् । नेपालमा महिला फोटो पत्रकारहरुको एकीन तथ्याङ भेटाउन पनि सकिदैन ।

नेपाल पत्रकार महासंघका अनुसार नेपालमा महिला फोटो पत्रकारहरूको विशिष्ट संख्या उपलब्ध छैन । अन्य पेशा भन्दा चुनौतीपूर्ण रहेको फोटो पत्रकारितामा महिलाले आफ्नो सीपलाई देखाउन अलि बढिनै मिहेनत गर्नु पर्ने महिला फोटो पत्रकारहरु बताउँछन् । 

गोरखापत्र दैनिकको पहिलो महिला फोटो पत्रकार कविता थापाले आफ्नो अनुभव सुनाउँदै उनले गोरखापत्रमा जागिर सुरु गरे देखि नै फिल्डमा फोटो पत्रकारहरु भेट्न मुस्किल पर्ने गरेको सुनाउछिन् ।

फोटो पत्रकारलाई मिडिया हाउसले क्यामेरा उपलब्ध नगराउँदा आर्थिक चुनौतीका कारण पनि महिलाहरु पलायन भएको उनको बुझाइ छ । उनले गोरखापत्रमा १२ वर्ष करारमा काम गर्दा आफूले पाएको तलव बाट क्यामेरा खरिद गरेर काम गरेको बताइन् ।

‘गोरखापत्रमा १२ वर्ष करार काम गरें । क्यामेरा थिएन । मैले आफैले क्यामेरा किन्नु पर्यो । जति तलब पाउँथे त्यसबाटै फिल्डमा दौडिन्थें । क्यामेरा आफै जोहो पर्दथ्यो । गोरखापत्र मात्र नभइ अधिकांश मिडिया हाउसले क्यामेर नदिने रहेछन् । क्यामेरा मात्रै उपलब्ध गराउँदा पनि पत्रकारलाई आर्थिक चुनौती कम हुने रहेछ,’ उनले भनिन् ।

फोटो पत्रकार थापा काम गर्दैगर्दा फिल्डमा सामान्य मानिने साना कुराले पनि अप्ठ्यारोमा परेको अनुभव सुनाउछिन् । महिनावारीको समयमा कार्यक्रम खिच्न जाँदा आयोजकले बस्ने सिटको व्यवस्था पनि नगर्ने गरेको गुनासो गरिन् ।

उनले भनिन्, ‘क्यामेरा पर्सन साथीहरू कतिपय महिला हुनु हुन्छ । उभिँदा जोसुकैको पनि खुट्टा गल्छ, महिलालाई त झन् थप मेन्सुरेसनको समस्या हुन्छ । ब्लिडिङको समस्या हुन्छ । बस्नु पर्ने हुन्छ । मेन्सुरेसन भएको छ अथवा हेभी मेन्सुरेसन भएको, ब्लिडिङ भएको छ भनेर बिदा पाइँदैन्,’उनले थप भनिन्, ‘अब यो टेक्निकल काम पनि भएर होला, यस्ता कुरामा कसैले सामान्य पनि सोच्दैन्न । म छक्क पर्छु ।’

हक्की स्वाभावकी थापा काम गर्ने स्थलमा हुने दुर्व्यवहारका विरुद्ध प्रतिक्रिया दिनु पर्ने बताउँछिन् । प्रधानमन्त्रीकै कार्यक्रम महिला हिंसा विरुद्धको १६ दिने अभियानको उद्दघाटनका दिन नराम्रो स्पर्शका कारण मन्त्रीकै सुरक्षाकर्मीसँग  विवाद परेको घटना पनि सुनाइन् । 

‘एकचोटी मैले प्रधानमन्त्रीकै कार्यक्रममा १६ दिने अभियानको भर्खर सुरुवातको दिन थियो । हामी आफ्नै पोजिसनमा बसिराखेका थियौँ । म अलि अगाडि गएर खिच्न पुगेँ । यसपछि मलाई सुरक्षाकर्मीले तान्नु भयो । मैले त एक झापड दिइ हालेछु । मलाई किन छोइस भनेर भन्न आइ हालेछ । महिला हिंसा विरुद्धको १६ दिने अभियान तपाईंले मलाई हिंसा गर्न पाउनु हुन्छ ? चाहे तपाईं प्रधानमन्त्रीकै होस् अथवा मन्त्रीकै सुरक्षाकर्मी जिउमा छुने अधिकार कसैलाई छैन भनिदिए,’ उनले स्मरण गरिन् ।

थापाले खिचेका धेरै फोटोहरुले सम्मान र पुरस्कार प्राप्त गर्न सफल भएका छन् । उनले खिचेका फोटो पाकिस्तानको प्रदर्शनीमा समेत राखिएको थियो । उनी सकारात्मक सन्देश दिने फोटो खिच्न रुचाउने भएकाले मानिसलाई प्रेरणा दिने फोटोहरुले आफूलाई चिनाएको बताइन् ।

उनको पहिलो पुरस्कार पाएको फोटो थियो, एकजना महिला ग्यासको सिलिन्डरमाथि बच्चा बोकेर हिंड्दै गरेको फोटोले पुरस्कार २५ हजार सहित लैगिक महिला, लैगिक उत्तरदायी पुरस्कार पाएको थियो ।

उनले भनिन्, ‘बबहरमलमा एकजना महिला ग्यासको सिलिन्डर माथि बच्चा बोकेर जाँदै हुनु हुँदो रहेछ । मैंले हतारमा क्यामेरा झोलामा रहेकाले मोबाइलले खिचेँ । अब त्यो फोटो मैंले गोरखापत्रको अनलाइनमा राखें । त्यो फोटोले पहिलो पटक पुरस्कार पायो ।’

थापालाई मन पर्ने उनले खिचेको अर्को फोटो हो, जाजरकोट भूकम्पको समयमा हस्पिटलमा ठाउँ नभएर सुत्केरी हुने बितिकै डिस्चार्ज भएर बाटोमा हिडिरहेकी सुत्केरी महिलाको । उनले त्यस फोटो मार्फत राष्ट्रिय फोटो पत्रकार समूहबाट उत्कृष्ट महिला फोटो पुरस्कार समेत पाएकी छन् ।

यस्तैलामो समय फोटो पत्रकारिता गरिरेहेकी वर्षा साहले आफू सानै देखि फोटो खिच्न मन पराउने स्वभावको भएकाले यही पेशा रोजेको सुनाइन् ।राजनीतिक कार्यक्रम देखि सामाजिक घटनाहरुको फोटो खिच्न रुचाउने वर्षा घरपरिवारको राम्रो साथ पाए महिलाहरुको राम्रो अवसर पाउने बताउँछिन् ।

सिमित समय नतोकिने भएकाले यस क्षेत्रमा काम गर्न गाह्रो भए पनि सम्भावना बोकेको उनले बताइन्।‘महिलाहरूलाई बाहिरको काम देखिका धेरै जिम्मेवारीहरू हुन्छन् । चुनौती धेरै हुन्छन् । बाल-बच्चा भयो भने अझ धेरै चुनौतीहरू हुने रहेछन् । सबैका परिवारले पनि साथ दिदैँनन्,’ उनले भनिन्, ‘कुनै घटना वा चुनावको समयमा काउन्टिङ हुन्छ । हामीहरू वेट गरेर बस्छौँ रातभरी । त्यस्तोबेला परिवारको सर्पोट चाहिने रहेछ ।’

उनले खिचेको फोटोमा उनीलाई मन पर्ने फोटो एकजना पत्रकार महिलाले  आमाको क्रिया गरेको कथाको लागि खिचेको फोटोमा धेरै जनाको सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।‘एकजना पत्रकार बहिनीले आफ्नो आमाको किरिया गरेको स्टोरी एउटा गरेको थिएँ, त्यस फोटोको कारण धेरै जनाले मलाई म्यासेज गरेर राम्रो प्रतिक्रिया दिनु भएको थियो,’उनले भनिन् ‘ती लगायतका थुप्रै त्यस्ता घटनाहरू त छन्, जुन मैले खिचेको छु ।’

  • 10shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३
आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै, वाग्ले कार्यवाहक प्रधानमन्त्री

अशोज ६, २०८३

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी अनवर इब्राहिम बीच टेलिफोन संवाद

अशोज ६, २०८३

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend