११ भदौ,जनकपुर। आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदै छ ।पारिस्थितिक प्रणालीको संरक्षण, पुन:स्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज ताल दिवस मनाउन लागिएको हो ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्ष देखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् ।
राष्ट्र सङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य अन्तरराष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय संस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवं शैक्षिक अभियन्तालाई तालको महत्व बारेमा शिक्षा प्रदान गर्दै तिनको संरक्षण गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।बढ्दो विश्व व्यापी तापक्रम वृद्धिले तालहरू सुक्दै गएकाछन् भने बरफ पग्लने क्रम पनि बढिरहेको सन्दर्भमा ताल तलैयाको संरक्षण लाई महत्त्वपूर्ण मानिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्