Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

रुबी साह हत्याका मुख्य आरोपी लक्ष्मण पासवान, आफैँलाई आगो लगाएको अवस्थामा पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ११, २०८२
In प्रहरी खबर 
0

११ भदौ,रौतहट । रौतहटमा बन्द सुटकेस भित्र मृत भेटिएकी रुबी साहको हत्याको मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई माधव नारायण नगरपालिका–६, माधोपुर नजिकै आफैँले शरीरमा डिजेल खन्याएर आगो लगाएको अवस्थामा स्थानीयले भेटेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार पासवानको टाउको सहित शरीरका धेरै भाग जलेको र बोल्न पनि कठिन भएको छ। उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गरियो, जहाँबाट थप उपचारका लागि काठमाडौं लगिएको छ।

आत्महत्याको प्रयास गर्नु अघि पासवानले बनाएको एक भिडिओमा रुबीको हत्या गरेको स्वीकार गरेका छन्। झन्डै ९ मिनेटको उक्त भिडिओमा उनले रुबी सँग विद्यालय समय देखिको प्रेम सम्बन्ध रहेको र अदालतमा गएर विवाह समेत गरेको बताएका छन्। गरिबी र पारिवारिक तनावका कारण रुबीको हत्या गरेको उनले स्वीकार गरेका छन्।

प्रहरीको अनुसन्धान बाट पासवान नै रुबीको हत्यामा मुख्य संलग्न रहेको खुलेको थियो। पासवानले आफ्नो हातमा ‘My Heart Rubi Kumari’ र छातीमा रुबीको फोटोको ट्याटु बनाएको पाइएको छ।

यस अघि, रुबीको शव ई-रिक्सामा राखेर उक्त स्थान सम्म पुर्‍याएको आरोपमा प्रहरीले रिक्सा चालक लक्ष्मण महरालाई पनि पक्राउ गरिसकेको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रहरी खबर 

अमेरिकाबाट पठाइएको रकम र जग्गा घोटाला: जनकपुरधाममा सामाजिक संस्थाका नेता नै ठगी अभियुक्त

माघ १०, २०८२
प्रहरी खबर 

धनुषाका प्रहरी निरीक्षक ओमप्रकाश यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मानित

अशोज २६, २०८२
प्रहरी खबर 

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

अशोज २४, २०८२
प्रहरी खबर 

महानिरीक्षक खापुङ्गले गरे मौलो एवम संकल्प पूजा

अशोज १५, २०८२
प्रहरी खबर 

उल्लास होइन, दुर्घटनाको कारणबन्ने गरेको छ मदिरा: एसएसपी कार्की

अशोज १२, २०८२
प्रहरी खबर 

जेनजी आन्दोलनमा कारागारबाट फरार भएका ४ जना विदेशी नागरिक धनुषामा पक्राउ

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

अमेरिकाबाट पठाइएको रकम र जग्गा घोटाला: जनकपुरधाममा सामाजिक संस्थाका नेता नै ठगी अभियुक्त

माघ १०, २०८२

ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयद्वारा बृहत् शैक्षिक मेला–२०८२ सम्पन्न

माघ ८, २०८२

भारत द्वारा निर्वाचन सहयोग: पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण

माघ ६, २०८२

१ लाख रुपैयाँ सम्म ऋण मिनाहा गर्ने सरकारको तयारी

माघ ६, २०८२

३ लाख सम्मको ऋण मिनाहा तयारी, जनकपुरधाममा ऋणीलाई राहतको आशा

पुस ३०, २०८२

जनकपुरधामको फूटपाथ खाली गराउन पत्रकार ध्रुब झाको साहसिक अभियान

पुस २८, २०८२

जनकपुरधाममा ई–रिक्शाको विकल्पका रूपमा नगर बस सञ्चालनको तयारी

पुस २७, २०८२

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend