Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृत पछि चासो बढ्यो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २२, २०८२
In आलेख
0

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको निर्णयसँगै ओझेलमा परेका केही सूचीकृति नेपाली एपहरुले भने चर्चा बटुलिरहेका छन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकृत नभएका संजाल निस्क्रिय भएपनि सूचिकृत भएका केही संजालले भने चर्चा पाउन थालेका हुन् ।

मन्त्रालयका अनुसार टिकटक, भाइबर, निम्बज, वीटक र पोपोलाइभ गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० ले सामाजिक सञ्जाल र सामाजिक सञ्जालका प्लेटफर्म भित्र परिभाषित गरिएको वीटकले आफ्ना प्रयोगकर्ताको संख्या बढेको दाबी गरेको छ ।

वीटकका सञ्चालक क्षितिज दाहालका अनुसार अन्य सामाजिक सञ्जाल बन्द  भए सँगै वीटक प्रयोगकर्ताको फ्लो बढेको हो ।उनले कानुनी दायरामा गएको पछिल्लो एक दिनमै एक हजार बढी प्रयोगकर्ता थपिदै गएको दाबी गरे ।

उनले भने,‘अन्य सूचिकृत नभएका सामाजिक सञ्जाल बन्द भएपनि वीटक प्रयोगकर्ताहरूको फ्लो राम्रो छ । दैनिक एक हजार जति भ्यूअर्स बढिरहेको छ । अझ बढ्ने क्रम जारी छ । वीटकका बारेमा हामीले अझै धेरै बुझाउनु पर्ने छ ।  किनभने ठूला–ठूला ग्लोबल प्लेटफर्मका माझ हामीले आफ्नो पहिचान स्थापित गर्नु पर्ने बाध्यता छ । टिकटकमा पनि त भिडिओ सेटिङ छ किन वीटक भन्ने प्रश्न उठ्नसक्छ । तर वीटकको महत्व र यसभित्रका फिचरहरु बारे हामीले बुझाउनु पर्ने अवस्था छ । त्यसका लागि हाम्रो टिम सक्रिय भएर अगाडि बढेको छ । तीन दिनयता फ्लो बढेको छ ।’

उनको अनुसार सिर्जनात्मकतालाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको वीटकमा लाइभ स्ट्रिमिङको समेत व्यवस्था छ । जसले प्रतिभालाई समूदायमा जोड्नको लागि वीटकले इभेन्ट म्यानेजमेन्टका रुपमा पनि काम गर्छ ।

उनले भने,‘वीटकमा गर्ने भनेको सिर्जनात्मकता हो । जसको प्रतिभा छ, ती प्रतिभालाई समुदायमै जोडेर, समुदायमाझमै इभेन्टहरू स्थापित भएको हो ।  वीटकले इभेन्ट म्यानेजमेन्टमा पनि काम गर्ने भएकाले भर्चुअली कसैको प्रतिभाहरूलाई आफ्नो प्लेटफर्मबाट लाइभ गरेर अथवा कम्पिटिसन गराएर पनि उतार्न सकिन्छ । टिकटकको मोनिटाइजेसन जस्तो र गिफ्टहरूका स्कीममा पनि काम गरिरहेका छौं । लोकल प्रतिभाहरुलाई लाइभ स्ट्रिमिङमा जोडेर समूदायसम्म पुर्याउने काम गरिरहेका छौं ।’

वीटक ई–कमर्स मार्केट प्लेस पनि भएको बताउँदै सञ्चालक दाहालले वीकटकलाई व्यापार, व्यवसाय अनि प्रतिभाको संगम नाम दिएका छन् । सबै कानुनी मापदण्डहरु पूरा गरेर वीटक सञ्चालन भएको हुँदा सुरक्षित रहेको उनको दाबी छ ।

एआई टेक्नोलोजी प्रयोग गरिएकाले यौन संवेदनशील चिजहरू, कम्युनिटी गाइडलाइन्सका कुराहरूलाई फिल्टर गरिने उनले बताए ।उनले भने,‘वीटक लगभग सुरक्षित नै छ । मापदण्डहरू पूरा गरेका छौँ । एआई टेक्नोलोजी पनि युज गरेको छौँ । जसका कारण यौन संवेदनशील कुराहरु, कम्युनिटी गाइडलाइन्सका कुराहरूलाई फिल्टर गरेका छौं ।’

नयाँ आएका नेपाली एपहरु पनि कन्टेन्ट र क्वान्टिटीमा मात्र सिमित भइ क्वालिटीमा जान नसक्दा ओझेलमा परिरहेको उनको भनाई छ । तर वीटकले क्वालिटीमा ध्यान दिएको उनको दाबी छ ।उनले नेपाल सरकार, कन्टेन्ट क्रिएटर देखि सबैजना मिलेर कन्टेन्ट क्रिएटरको इकोनोमीमा काम गर्नसके विदेशी एपहरुमा निर्भर हुनु पर्ने बाध्यता हट्ने धारणा राखे ।

फेसबुक–टिकटक जस्ता सामाजिक सञ्जालबाट कन्टेन्ट क्रिएटरले कमाउँदै गर्दा उसले त्यो भन्दा धेरै कमाएर त बाहिरै लगेको छ भन्ने कुरा बुझ्न आवश्यक रहेको उनी बताउँछन् ।देशकै आर्थिक विकासमा काम गर्नको लागि सरकारले आफ्नो एप नै प्रवर्धन गर्नुको अर्को विकल्प नभएको उनको तर्क छ ।

उनले सबै सम्बन्धित निकायहरुको सहकार्यमा कन्टेन्ट क्रिएटरको इकोनोमी निर्माण गर्न सकिने बताउँदै उनले कन्टेन्ट क्रिएटरलाई सूचीकृत गरेर विभिन्न मार्केटिङ प्रमोशनमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।वीटकको माउ कम्पनी साराश मिडिया ल्याब्सका प्रमुख संचालक समेत रहेका दाहालले सुरु गरेको वीटक संचार मन्त्रालयमा सूचिकृत भएपछि सबैले चासो राखेका छन् ।

वीटकको सुरुवात

सिभिल इन्जिनियर दाहालले सात वर्ष सरकारी सेवामा काम गरेका थिए । तर, आफ्नै केही गर्ने हुटहुटी भएका दाहालले आफूलाई १० देखि ५ बजेको जागिरमा टिकाउन नसकेर सारांश मिडिया ल्याबको स्थापना गरेका हुन् ।

सुरुआतमा उनले विभिन्न पोर्टलमा आउने समाचारलाई एक ठाउँ सारांश एपमा पढ्न मिल्ने गरी तयार गरे । उक्त एपमा आफूले खोजेको विधाको खबरहरू एकै ठाउँमा पढ्न पाइन्छ । एपकै शिलशिलामा क्षितिजलाई भिडिओ सेयरिङ एप बनाउनु पर्छ भन्ने लागेको सुनाए । जहाँ उनले भिडियो हेर्ने सुविधा सँगै ‘मार्केटप्लेस’ पनि उपलब्ध गराउने तयारीमा काम सुरू गरेको बताए ।

‘हामी कहाँ भिडिओ सेयरिङ एप लोकप्रिय छ तर हाम्रो छैन । त्यसकारण मैले आफ्नै केही बनाउ भन्ने लागेर वीटकको सुरुआत गरेको हुँ । यहाँ हामीले आफैँ भिडिओ राखेर सामान बेच्ने सुविधा पनि दिदैछौँ’, उनले भने ।

उनले वीटक केही महिनामा वृहत रुपमा सार्वजनिक गर्ने सोच बनाएका थिए । त्यहि अनुरुप काम गरिरहेका थिए । तर, नेपालमा सूचिकृत भएको पाँच सामाजिक सञ्जालमा वीटकको नाम देखिए सँगै यसप्रति चासो बढेको उनको भनाइ छ ।

‘हामीले लञ्च गर्ने तयारी स्वरूप केही योजना बनाएका थियौँ । तर, सूचिकृत पाँचमा हामी परेसँगै हामीले जे सार्वजनिक गरेका छौँ, त्यसलाई नै प्रभावकारी बनाउन लागिरहेका छौँ । हाम्रो एप प्लेस्टोर र एप्पलस्टोर बाट डाउनलोड गर्न सकिन्छ । हामी फिचर्स थपिरहेका छौँ, किनकि अप्रत्यासित रुपमा हामी मार्केटमा आइसकेका छौँ’, उनले भने ।

विसं २०८१ असार ७ गते देखि भिडिओ सेयरिङ एप बनाउने तयारी सुरु गरेका उनको वीटकमा अमेरिका, भारतको कलकत्ता र नेपालमा गरेर २५ जनाले काम गरिरहेको सुनाए । भक्तपुरको पेप्सीकोलामा अफिस राखेर काम गरिरहेको उनले बताए ।

‘हामी न्युजमा आइसके पछि लञ्च भइहाल्यौं त्यसैले हामीले फिचर्समा ध्यान दिइरहेका छौँ । हामीले वीटक लञ्च गरे सँगै विभिन्न् अफर ल्याएर काम गर्ने सोच बनाएका थियौँ । पछिल्लो समय प्राय देशले आफ्नै प्लेटफर्म बनाएर आफ्नो डाटा सुरक्षित गरिरहेको छ । प्रयोगकर्ता बढेसँगै हामी सेवासुविधा थप्दै जानेछौँ’, उनले भने ।

नेपाल भित्र हुने अनलाइन गतिविधिको निगरानी गर्नु र अनर्गल, सामाजिक सद्भाव खल्बल्याउने सामग्री नियन्त्रण गर्न अहिले सरकारले सामाजिक सञ्जाल तोकेको मापदण्ड अनुसार दर्ता  हुनुपर्ने, प्लेटफर्महरूले नेपालमा गुनासो सुनुवाइ अधिकारी तोक्नु पर्ने प्रावधान आफूहरुले पालना गरेर कानुनी वैधता प्राप्त गरेको उनले जानकारी दिए ।

वीटकले आफ्नो प्रयोगकर्तालाई ‘मनिटाईजेशन’ सुविधा दिने, लालीगुराँस जस्ता फुल गिफ्ट गर्न मिल्ने सुविधा दिने लगायतका विविध योजनामा काम गरिरहेको र  दसैँ लगत्तै आफ्नो एक प्रयोगकर्तालाई मासिक ५० हजार पुरस्कार पनि प्रदान गर्ने उनले बताए ।

‘नेपाली युवाको आइडियामा बनेको वीटकमा नेपाली जोडिनु हुन्छ भन्नेमा विश्वस्त छौँ । तर, हामी प्रयोगकर्तालाई सेवा-सुविधासँगै आकर्षक अफर पनि दिन्छौँ । हामीलाई नेपाली प्रयोगकर्ता चाहिएको छ, साथ पाएमा हामीले अन्य प्लेटफर्मको पनि निर्माण गर्नेछौँ’, उनले भने ।

क्षितिजका अनुसार फेसबुक, एक्स जस्ता प्लेटफर्म तीन महिनामा तयार गर्न सकिन्छ । आफ्नो देशको डेटा आफैँ कहाँ सुरक्षित राख्ने भए आफू जस्ता युवालाई सरकारले सघाउनु पर्ने उनको भनाइ छ ।

वीटकले हिपहप समुदायलाई केन्द्रमा राखेर ‘क्रिएटर इकोनोमी’ निर्माण गर्ने लक्ष्य राखेको पनि सुनाए । यस अन्तर्गत प्रतिस्पर्धा, क्यास गिभअवे, डान्स च्यालेन्ज लगायत अनलाइन र भौतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ । उपभोक्ताले वीटक एप डाउनलोड गरी लगइन गरेर आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend