Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रश्न गर्ने पुस्तालाई बन्दुक होइन, उत्तर चाहिन्छ सरकार !

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २४, २०८२
In आलेख
0

(आकांक्षा धामी), २३ भदौ, काठमाडौं । नेपालको इतिहासमा जनआन्दोलन, विद्रोह र परिवर्तनहरू कुनै नौलो विषय होइनन् । जनताको आवाजलाई सुन्ने संवेदनशीलता नभएका सरकारहरू बारम्बार जनआक्रोशको सामना गर्दै आएको इतिहास हामी सँग छ । आज फेरि देशको सडकमै त्यो आक्रोश उम्लिएको छ र यो पटक देशको भविष्य निर्माण गर्ने युवा पुस्ता, जेनेरेसन जेन्जीको नेतृत्वमा ।

सोमबार सुरु भएको आन्दोलनले पहिलो दिनमै १७ युवाको ज्यान लिएको खबर आइसकेको छ र मृत्युको संख्या अझै बढ्न सक्ने गम्भीर अनुमान गरिएको छ । देशका प्रमुख सहरहरू झडप, गोली प्रहार र निषेधाज्ञाको सन्त्रासमा छन् । सरकार भने आफ्नै जनताको आवाज सुन्ने ठाउँमा होइन, त्यही आवाजलाई बन्दुक र बन्देज मार्फत थुनि दिन खोजिरहेको छ ।

यो आन्दोलन केवल सामाजिक सञ्जाल बन्दको विरोधमा सीमित छैन । यो देशमा जरा गाडेर बसेको भ्रष्टाचार, अकर्मण्यता र जन-उत्तरदायित्वको घोर अभाव विरुद्धको चर्को ध्वनि हो । सरकार आफ्नै जनता सँग डराउन थालेको छ ।

सोमबारको आन्दोलन एउटा स्वाभाविक प्रतिक्रियाको परिणाम थियो । जब जेनजी पुस्ताले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आन्दोलनको अनुमति मागे, शायद सरकार आफैंले पनि आजको जटिल परिस्थितिको पूर्वानुमान गर्न सकेन । आन्दोलनकारीको उद्देश्य स्पष्ट थियो शान्तिपूर्ण विरोध । तर, आन्दोलन स्थलमा जब असन्तुष्टि, आवेग र उत्तेजना मिसिए, केही समूह संसद भवनतर्फ लम्किए । सुरक्षाकर्मीको प्रतिक्रिया अश्रुग्यास र गोली, यसले परिस्थिति झनै भड्कायो ।

प्रश्न उठ्छ सरकारको तयारी कहाँ थियो ? प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक किन समयमै सचेत हुन सकेनन् ? सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएर आन्दोलनको बीउ रोपे, तर त्यसको परिणामबारे सोच्न कति तयार थिए ?

सरकारको संवेदनशीलताको चरम अभावले यो संकट उत्पन्न भएको हो । जनता, विशेषतः नयाँ पुस्ता अब डराउँदैनन् । उनीहरू सवाल उठाउँछन्, गल्ती औंल्याउँछन्, र परिवर्तन माग गर्छन् । यो उनीहरूको अधिकार हो, र लोकतान्त्रिक शासन प्रणालीमा सरकारको कर्तव्य उनीहरूका सवाल सुन्ने हो, गोली चलाउने होइन ।

लोकतन्त्रमा सत्ता जनताको इच्छा अनुसार चल्नु पर्छ । जनताको आवाज दबाउने जुनसुकै प्रयास निरंकुशताको संकेत हो । सामाजिक सञ्जाल बन्द गरेर, आन्दोलनमाथि दमन गरेर, सरकारले लोकतान्त्रिक मूल्यलाई कुल्चिएको छ । इतिहासले देखाएको छ कुनै पनि सत्ताले जनभावनालाई सधैं दमन गरेर टिक्न सक्दैन ।

आन्दोलन केवल सामाजिक सञ्जाल बन्दको विरुद्ध होइन, यो एउटा ज्वाला हो, जुन सरकारको अकर्मण्यता, गम्भीर भ्रष्टाचार र जन-उत्तरदायित्वको अभावबाट उम्लिएको हो । जब सरकार जनताको आवाज सुन्‍नु त परै जाओस्, त्यो आवाज उठाउने माध्यम नै बन्द गर्न लाग्छ, त्यसलाई लोकतन्त्र होइन, अधिनायकवाद भनिन्छ ।

सामाजिक सञ्जाल युवापुस्ताको मात्र नभई, देशभरिका आवाजहरूको खुला चौतारी बनेको छ । सरकारको कदम केवल प्रविधिको बन्देज होइन, विचारको बन्देज हो । यथार्थमा भन्नुपर्दा, सरकारको यो निर्णय आफैँप्रति असुरक्षित भएको प्रमाण हो । एक प्रकारको डर, जुन सत्य बोलेर जनताले खोलेका घाउहरूबाट उत्पन्न भएको हो ।

आज प्रश्न उठ्छ किन जनताको आवाज दमन गर्दै छ यो सरकार ? लोकतान्त्रिक मुलुकमा सरकार जनताप्रति जवाफदेही हुनुपर्छ, शासक होइन । जनता सरकारको मालिक हुन्, र मालिकको आवाज दबाउने जुनसुकै प्रयास निरंकुशताको संकेत हो ।

यदि सरकार सोच्दछ कि सामाजिक सञ्जाल बन्द गरेर वा गोली चलाएर जनआक्रोशलाई थाम्न सकिन्छ भने, त्यो भ्रम हो । इतिहासले देखाएको छ, सच्चा परिवर्तन कहिल्यै बन्दुकको नालबाट रोकिँदैन ।

आजको आन्दोलन एउटा चेतावनी हो, नयाँ पुस्ता केवल टेक्नोलोजीमै होइन, चेतनामा पनि अगाडि छ । उनीहरूलाई अब डर छैन । उनीहरू प्रश्न गर्न जान्दछन्, प्रतिकार गर्न जान्दछन्, र परिवर्तनको नेतृत्व गर्न पनि ।

सरकारलाई आग्रह गर्दै अझै समय छ, सुन्नु होस् जनताको आवाज । विरोधलाई दमन होइन, संवादको माध्यमबाट सम्बोधन गर्नु होस् । नत्र यो आगो फैलिएर नियन्त्रणबाहिर जान सक्छ, जसको परिणाम देशका लागि घातक हुनेछ । नेपालको संविधानले नै व्यवस्था गरेको नागरिक अधिकार, वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुनेगरी सामाजिक संजालमाथि प्रतिबन्ध लगाउने कदम लोकतान्त्रिक कदम मान्न सकिदैन् । यसमा सरकार गम्भीर बन्नुपर्छ ।

  • 28shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३
आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै, वाग्ले कार्यवाहक प्रधानमन्त्री

अशोज ६, २०८३

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी अनवर इब्राहिम बीच टेलिफोन संवाद

अशोज ६, २०८३

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend